महोत्तरी र धनुषाको बीचको रातु खोलाको पुल भाँसियो, यातायात अवरुद्ध
बर्दिबास : पूर्व पश्चिम राजमार्ग अन्र्तगत महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुल भाँसिएको छ। अविर बर्षासंगै महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोलाको पुलको बीचको पिलर भाँसिएको हो।
यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी शालिग्राम शर्माले बताए । ‘पुल भाँसिएको आशंका भएकाले हामीले यातायातका साधनलाई आवतजावतमा रोक लगाएका छौँ’, डीएसपी शर्माले भने, ‘पुलको अवस्थाको अनुसन्धान सकिएपछि मात्र यातायात सुचारु हुन्छ ।’
दुई बर्षअघि पनि रातु खोलाको पुल साउनको अन्तिम साता बाढीले भाँसिएको थियो ।