प्रचण्डको एकता प्रस्तावमा छलफल गर्न बाबुराम सहमत !

प्रचण्डको एकता प्रस्तावमा छलफल गर्न बाबुराम  सहमत !

काठमाडौं : नेताहरुले पार्टी परित्याग गर्न थालेपछि एक्लिदै गएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेका छन् ।

शल्यक्रियापछि आराम गरेर बसेका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुगेका थिए । दुई नेता वीच २ घण्टा लामो छलफलमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराएका थिए ।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।

नयाँ शक्तिका नेताद्धय रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय गरेका छन् भने देवेन्द्र पौडेलसहितका नेताहरुले पार्टीमा बिद्रोहको घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.