जलेश्वरस्थित सरकारी कार्यालय डुबानमा, सतर्क रहन प्रशासनको अपिल

जलेश्वरस्थित सरकारी कार्यालय डुबानमा, सतर्क रहन प्रशासनको अपिल

बर्दिबास: अविरल बर्षासँगै महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालय डुबानमा परेको छ। स्वास्थ्य कार्यालय, भन्सार कार्यालय लगायतका कार्यालय डुबानमा परेको छ।

अधिकांश नगर तथा ग्रामिण बस्तीमा वाढीको पानी पसेपछि स्थानियहरु त्रसित भएका छन्।जिल्ला सबै सड्कहरु अवरुद्ध हुन पुगेको छ। सडकमा चार फिट सम्म पानी बगिरहेको छ।

विगत केहि दिन देखिको निरन्तर वर्षाले जिल्लाको रातु खोला, जंघा, मरहा, विगही नदिमा भिषणबाढी आएको छ।

प्रशासनले महोत्तरीको झिंगास्थान, बल्वा, सरपल्लो, बदिया बन्चौरी, पिपरा, पर्सा,जलेश्वर तथा जिल्लाका अन्य भुभागमा वसोवास गर्ने स्थानियहरुलाई जाग्राम बसेर रात काट्न अपिल गरेको छ।

वाढीकै पानीले सदरमुकाम जलेश्वर समेत घेराबन्दीमा परेको छ। पानीको वहाव नरोकिएपछि सदरमुकाम नै जलमग्न हुदैं गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएपी दिपक पोखरेलले बताए।

मनरा गाउँपालिका ७ झिंगा स्थानमा जंघा नदीको बांध टुट्दा १२ घर डुवानमा परेको छ। बल्वाकै हिरदुवा नजिकै बांध टुटेको देखिएकोछ भने सरपल्लोमा रहेको वाढी मापन मिटरमा पानी खतराको संकेत भन्दा पानी निक्कै माथी रहेको छ।

सरपल्लोमै रहेको केहि डुम समुदायको घरमा नदीको पानी पसेपछि उनीहरु समस्यामा परेका छन्। सरपल्लोमै भव्सी र जंघा नदीको संगम हुने स्थानमा सरपल्लोको कदुवा टोल समेत नाकाबन्दीमा परेको छ। हात्तिलेटको कर्मटोकी गाउँमा जंघा नदिको पानी पसेको छ। बिजलपुराको मुख्य बाटो नयाँ टोलको खोलसीले बगाएको छ।

सदरमुकामस्थित जलेश्वर नगरपालिकाको कार्यालय देखि बजराही जाने बाटोमा विग्ही नदीको पानी पसेर डुवान परेको छ। सदरमुकामकै साविक वडा नं. १० सारीको केहि घर समेत डुवानमा परेको छ।

बल्वा गाउपालिकाकै वडा नं. ४ साविकको बदिया बन्चौरी १ भगवानपुर स्थित मुसहर वस्तीमा समेत विग्ही नदीको पानी पसेपछि करिव १२ जति घर क्षतिग्रस्त भएको स्थानियले जनाए।

विहान देखि नै पानी कै कारण जनकपुर भिठामोड सडक खण्ड स्थित पर्सा र पिपराको विचमा समेत सडक डुवानमा परी करिव ३ फिट पानी जम्दा सडक पुर्णरुपमा अवरुद्ध भएको छ।

अविरल वर्षाले जलेश्वर स्थित नेपाल पत्रकार महासंघको उत्तर तिरको कम्पाण्ड पर्खाल भत्किदा पाँच लाखको क्षति भएको महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.