तत्काल राहत र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

तत्काल राहत र उद्धार गर्न  प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्री मधेसलगायत देशका विभिन्न भूभागमा अविरल वर्षाबाट बाढीग्रस्त र डुबानमा परेकाको तत्काल उद्धार गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायतलाई बाढीग्रस्त भूभागमा तत्काल उद्धार कार्यमा खट्न निर्देशन दिएका हुन् । ‘बाढीले पूर्वी तराईदेखि पश्चिमसम्म धनजनको ठूलो क्षति भइरहेको छ', प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘तपाईंहरू अब काठमाडौं बस्ने होइन, बाढी प्रभावित क्षेत्रमा जानुहोस् र एकीकृत रूपमा उद्धार गर्नुहोस् ।'

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्रीले बाढीबाट डुबानमा पर्न सक्ने भूभाग पहिचान गरी उच्च सतर्कता उपनाउन पनि निर्देशन दिए । प्रधानमन्त्रीले बाढीपीडितको उद्धार, राहत र सुरक्षित स्थानमा लैजान सरकारले सबै सहयोग गर्न तत्पर रहेको बताउँदै सुरक्षा निकायलाई नागरिक समाजसँग समेत आग्रह गरी तत्काल उद्धारमा खटिन निर्देशन दिए ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत डुबानमा परेको जानकारी गराएका थिए । गृहमन्त्रीले मौसमका कारण हेलिकोप्टरबाट उद्धार कार्य अघि बढाउन नसकिएको ब्रिफिङ गरे । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना उद्धारमा खटिइसकेको बताउँदै मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथ हुनुका साथै उद्धार टोली खटाइएको जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.