बाँध फुट्ने खतरा बढेपछि गण्डकका ढोका बन्द : स्थानीय त्रसित

बाँध फुट्ने खतरा बढेपछि गण्डकका ढोका बन्द : स्थानीय त्रसित

परासी : नारायणी नदीको सतह बढ्दै गएपछि नवलपरासी गण्डक क्षेत्रका स्थानीय त्रसित बनेका छन्। आइतबार दिउँसोदेखि बढेको पानीको सतह साँझसम्म क्रमश बढ्दै गएपछि गण्डक बाँध फुटेर डुबानमा पर्न सक्ने भन्दै त्यस क्षेत्रका करिब २० गाउँका स्थानीय त्रसित बनेका हुन्।

जिल्ला दैवीप्रकोप उद्दार समितिले पनि नदीमा पानीको सतह बढेको र जीर्ण नहर फुट्न सक्ने भन्दै सजगता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए। गण्डक बाँध फुट्न सक्ने भन्दै केही स्थानीय सुरक्षित स्थानतर्फ लाग्न थालेका छन्। गण्डक बाँधका कारण प्रतापपुर, सुस्ता, सरावल र पाल्हीनन्दन गाउँपालिका खतरामा छन्।

आइतबार गण्डक नहरको पानीको सतह बढेर साढे ६ मिटर पुगेको छ। साढे सात मिटर पुगेपछि सर्तक रहेर सुरक्षित स्थानतर्फ जानुपर्ने हुन्छ भने ८ मिटर पुगेपछि खतराको संकेतका रुपमा लिइने गरिएको जिल्ला प्रशासनले जनाएको छ। पानीको सतह बढ्दै गएकाले थप क्षति हुन नदिने जोखिम क्षेत्रका स्थानीयलाई सर्तकता अपनाएर बस्न अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ।

गण्डकका ढोका बन्द
गण्डक बाँध फुट्ने खतरा बढेपछि नवलपरासीमा रहेको गण्डक ब्यारेजका ढोका बन्द गरिएको छ। नारायणी नदीमा पानीको सतह क्रमश ः बढ्दै गएपछि गण्डकका केही बाँधहरु फुट्ने सम्भावना बढेकाले दुई वटा ढोका पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रानामगरले जानकारी दिए।

गण्डक बाँधका कारण आइतबार पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मूख्य पश्चिमी नहर बन्द गरिएको प्रजिअ रानामगरले जानकारी दिए। नवलपरासीको गुठी सूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर भारत हुँदै पुन: पर्सा जिल्लाको सिँचाईका लागि पुर्‍याइएको छ। पर्सामा ल्याइएको नहरमा निर्माण गरिएको कलर्भट पानीको वहाबले फुटाएपछि अहिले वीरगन्ज महानगरपालिकामामा बाढी पसेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए।

महानगरमा पानी पसेपछि क्षतिको सम्भावना बढेकाले त्यसलाई कम गर्न र अन्य गाउँ डुबान हुन नदिन नवलपरासीमा रहेको गण्डकको ढोका बन्द गर्नका लागि अनुरोध गरिएको घिमिरेले बताए।

भारतीय मुख्य पश्चिमी नहरसँगै नवलपरासीको सिँचाइका लगिएको पूर्वी नहरको बाँध समेत फुट्ने खतरा बढेकाले त्यहाँको ढोका समेत बन्द गरिएको प्रजिअ रानामगरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.