गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा सुवेदी
काठमाडौ : गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रामकृष्ण सुवेदीले पाएका छन । शान्ति सुरक्षा महाशाखाको प्रमुख गृहमन्त्रालयको प्रवक्ता रहने व्यवस्था छ ।
सुवेदीले आइतवारबाटै कार्यभार सम्हाल्दैछन । राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका सुवेदीलाई केही दिन अघि गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।
तत्कालिन गृहमन्त्री शक्ति बस्नेतको पालामा सुवेदी काठमाडौको प्रमुख जिल्ला अधिकारी थिए । माओवादी नेता कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला सुवेदी राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका थिए ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको जिम्मेवादी सम्हाल्दै आएका सहसचिव दिपक काफ्ले अध्यागमन विभागको महानिर्देशकका रुपमा सरुवा भएका छन । काफ्ले शान्ति सुरक्षा महाशाखा आउनु अघि ललितपुरको प्रमुख जिल्ला अधिकारी थिए ।
गृहमन्त्री बिमलेन्द्र निधिले जादाजादै काफ्लेलाई शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी दिएका थिए । काफ्लेले अन्नपुर्णसग भने, ‘आजैबाट अध्यामगन विभागमा हाजिर हुदैछु ।’