प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।अविरल परेको बर्षाका कारण आएको बाढी र पहिरोबाट करीव ५० जनाको निधन भइसकेपछिप्रधानमन्त्री देउवाले अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन ।
बाढी र पहिरोबाट प्रभावित जनताको पक्षमा कुनै निर्णय लिनै पर्ने भएकोले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा लिइने निर्णयका बारेमा गृहकार्य भइरहेको छ ।