महान्यायाधीवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

महान्यायाधीवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

काठमाडौं : महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। आइतबार श्रेष्ठले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले महान्यायाधीवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करिब दुई महिनापछि मात्र राजीनामा दिएका हुन्।

सरकार परिवर्तनसंगै महान्यायाधीवक्ताले राजीनामा बुझाउने प्रचलन छ। अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ।

श्रेष्ठले प्रधानमन्त्री देउवाको सल्लाह अनुरुप पदमा निरन्तरता दिएका थिए । २०४६ साल यता नयाँ प्रधानमन्त्री आउनेवित्तिकै आफ्ना विश्वास पात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने परम्परा थियो । शेरबहादुर देउवाले प्रधानमन्त्रीमा बहाली भएपछि पनि महान्यायाधिवक्तामा श्रेष्ठलाई केही समय पद नछाड्न भनेका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाह अनुरुप देउवाले श्रेष्ठलाई पद नछाड्न भनेका थिए । संवैधानिक एवम् कानुनी प्रश्नमा सरकारको बचाउमा प्रतिरक्षा गर्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने प्रचलन छ ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाले राजिनामा दिएको दुई महिना वितिसक्दासमेत श्रेष्ठ पदमा बहाल थिए । दाहाल प्रधानमन्त्री भएपछि श्रेष्ठ २०७३ साल साउन २४ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । प्रधानमन्त्री पदबाट दाहालले गत जेठ १० गते राजिनामा दिएका थिए । संविधानले महान्यायाधिवक्ता सरकारको प्रमुख सल्लाहाकार रहने र संवैधानिक एवम् कानुनी बिषयमा राय सल्लाहा दिने दायित्व तोकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.