तीन दिनदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक खुल्यो

तीन दिनदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक खुल्यो

परासी: तीन दिनदेखि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नवलपरासी- दाउन्ने सडक आइतबार दिउँसो देखि सञ्चालनमा आएको छ।

बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ कि.मि दुरीमा पर्ने दाउन्ने पहाडका करिब ७ बढी स्थानमा पहिरो गएको थियो भने एसमोडमा ३५ मिटर सडक भाँसिएको थियो। जसले गर्दा शुक्रबारदेखि सयौं सवारीसाधन र हजारौ यात्रुहरु अलपत्र बनेका थिए।

विभिन्न स्थानमा गएको पहिरोलाई हटाउँदै भाँसिएको सडक छेउबाट वैकल्पिक मार्ग बनाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए। पानी परिरहेकाले सवारीसाधन सञ्चालनमा कठिनाई भएको र सजगताका साथ एकतर्फी रुपमा आवतजावतको व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.