पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुल भासियो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुल भासियो

सिमरा : लगातारको बर्षापछि आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा पर्ने दुधौरा पुल भाँसिएको छ।

पथलैयादेखी तीन किलोमिटर पूर्वमा पर्ने दुधौरा पुलकोबीच भाग भाँसिएको हो। पुल भासिएपछि यातायात आवागमन रोकिएको छ। भासिएको पुलबाट मोटरसाइकल, कारजीप जस्ता साना सवारी साधन जोखिम लिएर आवतजावत गरिरहे पनि ठूला सवारी सञ्चालन हुन सकेका छैनन्।

पुल भासिएको र खोलामा बाढीको बहाव ठूलो रहेका कारण डाइभर्सन निर्माण गर्न सक्ने अवस्था नरहेपछि यात्रुहरु पैदल नै गन्तव्यतर्फ जान थालेका छन्। यसअघि बाढीकै कारण दुधौरा पुल चार बर्षअघि यसैगरी भासिएको थियो। मर्मत गरिएको चार बर्षपछि सोही स्थानबाट पुल भासिएको हो।

बाढीका कारण दुधौरा खोलाको बगरमा बस्दै आएका स्थानीय त्रसिद बनेका छन्। खोलामा बाढीको बहाव बढ्दै गएका कारण बगर छेउमा बस्दै आएका सबै स्थानीय रातभर नसुती बसेको स्थानीय राजु लामाले बताए। दुधौरा बगर छेउमा ५० भन्दा बढी घर छन्।

बाढीको कारण बारा र रौतहटको सीमानामा पर्ने धन्सार पुल नजिकैको सडक भासिएको छ। निजगढदेखि झण्डै पाँच किलोमिटर पूर्वतर्फमा रहेको धन्सार पुल नजिकैको राजमार्गको आधा भाग भत्किएको हो। सडक भत्किएपछि पूर्वबाट आउने सवारीसाधन रौतहटतर्फको जंगलमा रोकिएका छन्। राजमार्गको आधी भाग भत्काएपछि पुल जोखिममा छ।

यता बाढीको कारण पथलैया–हेटौडा खडकखण्ड अन्तर्गत तीन नम्बर पुलमा निर्माण गरिएको बेलीब्रिज नजिकको भाग भासिदा यातायात आवागमनमा समस्या भएको छ। तीन नम्बर पूल जिर्ण भएपछि छेउमा बेलीब्रिज निर्माण गरेर एकतर्फी यातायात सञ्चालन गरिएको थियो। बेलीब्रिज नजिकको जमिन भासिएपछि पुनः पुरानै पुलबाट दोहोरो यातायात सञ्चालन आएको छ। जिर्ण रहेको पुलबाट यातायात सञ्चालन गर्न थालिएपछि थप जोखिम बढेको छ।

बाढीको कारण पथलैया–हेटौडा सडकखण्डमा पहिरो खस्दा शुक्रबार रातीदेखी यातायात आवागमन ठप्प छ। चुरियामाई पुलदेखी दक्षिणतर्फ रहेको पहाड खसेर सडक पुरिदा सवारी साधन रोकिएका हुन्। पहिरो हटाउन रातीदेखीनै प्रयास गरिएपनि आईतवार दिउसोसम्म सवारी आवागमन सुचारु हुन सकेको छैन्।

पहिरो हटाउन तीन वटा डोजर प्रयोग गरिएको छ। बर्षा भइरहेका कारण पहिलो खसिरहेकाले समस्या भइरहेको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक गोविन्दकुमार कार्कीले जानकारी दिए।

यातायात आवागमन सञ्चालनमा ल्याउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पहिरो खसेको क्षेत्रमा खटिएका छन्। तीन वटा डोजरको प्रयोग गरिएकाले साझसम्म यातायात सञ्चालनमा हुन सक्ने प्रहरीको भनाई छ।

रातिदेखी आवागमन ठप्प भएपछि दुबैतर्फ रोकिएका सवारी साधनका यात्रु अलपत्र छन्। लामो समयसम्म यातायात सुचारु हुन नसकेपछि यात्रुहरु पानिमा भिजेर पैदलनै गन्तब्यतर्फ जान थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.