आपूर्ति मन्त्री राहत र उद्धारमा

आपूर्ति मन्त्री राहत र उद्धारमा

बिराटनगर: आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ्गको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन्।

अविरल वर्षाका कारण मोरङ्गका विभिन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै गाडीबाट विराटनगर गएका मन्त्री मण्डल आइतबार बिहानैदेखि निरीक्षणमा खटिएका हुन्।

शनिबार रातिदेखि नै स्थानीय राजनीतिक दलहरु, प्रशासन, प्रहरी लगायतसंग छलफल गरेका थिए। बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गरेको मन्त्रीका स्वकिय सचिव दिपेन्द्र ओडारीले बताए।

‘जलमग्न भएका स्थानहरुको अवस्थाबारे निरीक्षण गर्नुका साथै राहत र उद्धारको लागि स्थानीय निकायलाई निर्देशन दिनुभएको छ’ ओडारीले भने ‘कतिपय स्थानमा मोटरबाटो पनि नभएकोले पैदलै हिँडेर निरीक्षण चलिहरहेको छ।’ उक्त क्षेत्रमा टेलिफोनको नेटवर्क नै नभएको कारण सञ्चार सम्पर्क गरी उद्धार र राहतका लागि समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.