एमाले कलेज बेच्‍न तयार नभएपछि वार्ता असफल

एमाले कलेज बेच्‍न तयार नभएपछि वार्ता असफल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मनमोहन मेमोरियल कलेज सरकारलाई बेच्न तयार नभएपछि प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्ने गरी सहमती खोज्न गरिएको प्रयास असफल भएको छ।

केदारभक्त माथेमाले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै २१ दिनदेखि अनसनमा बसेका डा. केसीका माग सम्बोधन गरी अनसन तोड्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयास असफल भएको हो ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र मनमोहन मेमोरियल कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका एमाले नेता राजेन्द्र पाण्डेसँग छलफल गरेका थिए । ‘१० बर्षसम्म काठमाडौं उपत्यका भित्र मेडिकल कलेज सञ्चालन गर्न नदिने र मनमोहन मेमोरियल कलेज किनिदिन सरकार तयार भए पनि राजेन्द्र पाण्डेले कलेज बेच्न तयार नभएको बताउनुभयो ।

पाण्डेले कलेज सञ्चालनका लागि भौतिक पूर्वाधार तयार गरिसकेको र बेच्न तयार नभएको बताउनुभयो ’ बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसमा सहमति नभएपछि अब कसरी समाधान खोज्न सकिन्छ भन्ने उपाय खोजी हुँदैछ ।’

प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा केसीका वार्ताकारहरु सहभागी थिए ।

बैठकमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र सरकारी वार्ता टोलीका सदस्य सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.