अनेरास्ववियुले तीज नमनाउने : केन्द्रीय बैठक स्थगीत
काठमाडौं : एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले बाढी र पहिरोले देश संकटमा रहेको समयमा तीज नमनाउने निर्णय गरेको छ।
आइतबार बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकले तीज विशेष खानपान र नाचगानका कार्यक्रम नगर्ने निर्णय गरेको हो । बैठकले तीज कार्यक्रम रद्ध गरेर बाढी पीडितलाई राहत संकलनमा जुट्न मातहतका सबैलाई निर्देशन समेत दिएको छ।
सँगै भदौ २ गतेदेखि ५ गतेसम्म हुने भनिएको अखिलको केन्द्रीय कमिटी बैठक समेत स्थगीत भएको छ । अनेरास्वियुले नियमित कार्यक्रम सबै स्थगीत गरेर नेता तथा कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकको रुपमा खटाउने भएको छ।