आइतबारदेखि बेपता भएका परियार मृत अवस्थामा
मलंगवा : आइतबार साँझदेखि हराइरहेका सर्लाही बरहथवा– १६ मुर्तियाका ३० वर्षीय युवराज परियारको शव सोमबार बिहान मृत अवस्थामा फेला परेको छ ।
घर छेउबाट बग्ने मनुष्मारा खोलाले बगाएको परियारको शव घरबाट केही पर फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
सर्लाहीमा बाढीले बगाएर चार, वर्षाले घर भत्काउँदा किचिएर एक गरी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले एक दर्जन भन्दा बढी बस्ती डुबानमा रहेको छ । पीििडत परिवारलाई हेलिकप्टरको सहायताले राहत पुर्याउनका लागि तयारी भइरहेको छ ।