रेष्टुरेन्टमा हमला गरी बन्दुकधारीद्वारा १७ को हत्या

रेष्टुरेन्टमा हमला गरी बन्दुकधारीद्वारा १७ को हत्या

वागादोगु (बुर्किनाफासो): बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ। आइतबार साँझ सो घटना भएको थियो।

उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ। बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो। आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ

उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो। तर आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन। सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । आक्रमणमा संलग्नको पहिचान पनि नखुलेको बताइएको छ ।

सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी ३० जनाको ज्यान गएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.