बाढीमा बगेर महोत्तरीमा मर्नेको संख्या तीन पुग्यो
बर्दिबास: महोत्तरीमा बाढीको भेलमा बगेर मर्नेको संख्या तीन पुगेको छ।जलेश्वर ८ बज्राहीमा बाढीको भेलले बगाउँदा वेपत्ता भएको धनुषाका ६५ बर्षीय शिव महराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।
शिव धनुषाबाट आफ्नी छोरी घर जलेश्वर बाढीको भेलले बगाउदा उनको ज्यान गएको हो। आइतबार साँझ उनलाई बगाउँदा वेपत्ता भएका थिए।
माछा मार्ने क्रममा सोमबार लोहारपट्टी १ का ३५ बर्षीय इन्दल महराको बाढीले बगाउँदा मृत्यु भएको छ। नदीको ढिलबाट चिप्लिएर महराको खोलोले बगाउँदा ज्यान गएको हो।
आइतबार पानी खान कलमा पुगको जलेश्वर २ खैरचोकका १५ बर्षीय विक्कि ठाकुरलाई बाढीको भेलले बगाउँदा ज्यान गएको थियो।यता बाढीले महोत्तरीको ३४७ घर डुबानका हाल सम्मको तथ्यांक रहेको एसपी कठायतले बताए।