नदी र खोलाको कटानले दुई सय घरधुरी जोखिममा

नदी र खोलाको कटानले दुई सय घरधुरी जोखिममा

डोटी: सेती नदी र खहरे खोलामा आउने बाढीबाट डोटीमा एक पुरै गाउँ उच्च जोखिममा परेको छ। शिखर नगरपालिका वडा नं. ११ मा रहेको बारपाटा गाउँ उच्च जोखिममा परेको हो। सेती नदीको छेउमै रहेको उक्त गाउँको शिरानीबाट भने खोला बग्ने गर्छ। जसले गर्दा खोला कति बेला उर्लेर आउने हो र बस्ती बगाउने हो भन्ने चिन्ता एकातर्फ छदैछ भने बस्तीतलबाट सेती नदीले बर्षेनी कटान गरिरहेको छ।

दुई सय घरधुरी रहेको उक्त गाउँका बासिन्दा यति बेला त्रासमा बाँचिरहेका छन्। गाउँसंगैको खेतीयोग्य जमिन भने केही बर्ष अगाडि नै सेती नदीले बगाएर बगर बनाईसकेको छ।

‘नदीको बाढीले दुई/तीन बर्ष अगाडी भात खाने खेत बगाएर लग्यो', बारपाटा निवासी रामे दमाईले भने, ‘के गर्ने हजुर पानी पर्यो भने निन्द्रा पनि लाग्दैन।' ‘हाम्रो जीवन नदीको हातमा छ', उनले भने, ‘माथिबाट आउने हरी खोलाको बितण्डा उस्तै छ।'

‘बर्षात्को समयमा खोला पनि गाउँमै पस्ने भएकाले ठूलो असर पुर्याइरहेको छ', अर्का स्थानीय नरबहादुर रोकाले भने, ‘कति पटक सरकारलाई गुहारे तर हाम्रा कुरा कसैले सुनेको छैन।'

तटबन्धनको बर्षेनी बजेट आउने गरेपनि त्यो पर्याप्त नभएको स्थानीयको गुनासो छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको छिमेकी गाउँ भएकाले यस बर्ष बारपाटाबासीहरुले ठुलै आसा गरेका छन्। हाम्रै गाउँले मन्त्री भएका छन्,यो बर्ष त हाम्रो समस्या पुरा हुन्छ होला', एक स्थानीयले भने, ‘तटबन्धको काम सधैको लागि बनाइदियो भने ठूलो कल्याण हुने थियो।'

पटक पटक समस्याको समाधानको लागि पहल गर्न खोजिएको भएपनि सरकारले चासो नदेखाएको स्थानीय बासिन्दा नेबिसंघका पूर्ब केन्द्रीय सदस्य राम रोकायले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.