कृष्णाष्टमीको अवसरमा दश हजार कन्याको पूजा

कृष्णाष्टमीको अवसरमा दश हजार कन्याको पूजा

बनेपा: एक सय पन्ध्र वर्षदेखि श्रीकृष्णजन्माष्टमीको दिन परम्परागत रुपमा मनाउँदै आएको कन्यापूजा पर्वमा काभ्रेमा दश हजार कन्याको पूजा भएको छ। रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने भन्दै काभ्रेमा बिहीबार दश हजार कन्याको पूजा गरिएको सनातन कन्या पूजा प्रबन्ध समिति काभ्रेले जनाएको छ।

नेवारी समाजमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्याहरुलाई शुभको प्रतिक मानेर कन्या पूजा गरिदै आएको सनातन कन्या पूजा प्रवन्ध समिति काभ्रेका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए। उनका अनुसार मुलुकमै काभ्रे जिल्लामा मात्र कन्याहरु पुज्ने पर्व रहेको र सोही अनुरुप प्रत्येक वर्ष कृष्णजन्माष्टमीको दिनमा कन्याहरुको पूजा गरिदै आएको हो।

‘जिल्लाको बनेपामा मात्रै करिब आठ हजार कन्या पुजिएको हो भने नाला, साँगा, पनौतीको इन्द्रेश्वर भालेश्वर मन्दिर , मल्पी, जनगाल दाप्चा, धनेश्वर लगायतका आसपासका क्षेत्रहरुमा दश हजार भन्दा बढी कन्याको पूजा भएको छ।'

पर्वमा कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने जनविश्वास रहेको छ। उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईको कुमारी मानेर पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ।

प्राचिन कालका सनातनी मौलिक वाजा माकामाहाली, ढोलक, वौचा, धिम्वे, वासुरी, करात तथा आधुनिक वाजागाजा सहित कन्याहरुलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, दक्षिणा, विस्कुट, चक्लेट र अन्य भोजन सहित दान दक्षिणा गर्ने प्रचलन रहेको छ।

ब्रत बसेर कन्या पूजा गर्दा दुख, कष्ठ रोग र गरीवि हट्ने र सुख प्राप्ति गर्नुका साथै आँटेको काम पुरा हुने जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.