रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

रौतहट: रौतहटमा बाढीले बगाउँदा सोमबार दिउँसोसम्म १३ जनाको मृत्यु भएको छ। आइतबार र सोमबार दिउँसोसम्म जिल्लाको विभिन्न स्थानहरुबाट बाढीले बगाउदा १३ जनाको मृत्यु भएको र दुईजना हराइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोमबार चारजनाको शव फेला परेको छ। गौर ३ का १६ बर्षीय शेष परवेज मुसरफ, राजपुर ३ का ४५ बर्षीय शेष हुसैनको शव अकोलवामा , दुर्गाभगवती १ बांसघारीमा १६ बर्षीया सरफती भाट र गौरमा नाम नखेलेका एक व्यक्तिको शव फेला परेको छ।

आइतबार बिहान परोहा गाउपालिका–३ का ३५ वर्षीय चन्दन किशोर यादवसहित उनका २७ वर्षीया श्रीमती सर्मिला यादव, ५४ वर्षीय आमा सुमित्रादेवी, ३८ वर्षीया भाउजु ललिता देवी, २५ वर्षीया भतिजा सरोज यादव र ५ वर्षीया छोरी छोटुकुमारीको मृत्यु भएको थियो । उनीहरु सुत्केरी गराउनका लागि राजपुरस्थित स्वास्थ्य सँस्था जादै गरेका थिए।

यस्तै आइतबार दिउँसो इसनाथ गाउँपालिका ९ का १४ वर्षीय सकिल देवान, देवाहीगोनाही २ का ६५ वर्षीया जोगिया देवी, दुर्गाभगवती ६ की ४० वर्षीया कोसिला देवी, गौर नपा १२ र्सिसियाका सुरेश साहको बाढीले बगाएर मृत्यू भएको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन।

आइतबार बिहान देखि गुजरा ७ का १८ वर्षीय मलाही राम र देवाही गोनाही ५ की सिता कुमारी हराइरहेका छन। सोमबार दिउँसो सम्म डुजान क्षेत्रमा केही पानी घटेको छ । घरहरु भत्किएकाले र खाने बस्ने समस्याले हजारौ मानिस पीडित छन ।

घर भत्किएपछि उनीहरु सडकमा तथा बिधालय भवन , धर्मशालाहरुमा बस्दै आएका छन। बाढी पिडित बस्तिहरुमा खानेपानी र औषधीको अभाव भएको छ। जिल्लाको करिब ८० प्रतिशत भूभाग डुवानमा परेको थियो । १० हजार भन्दा बढी घरमा क्षति पुगेको छ । घरवारविहीन बनेकाहरु राहतको पर्खाइमा रहेका छन्।

माधवनारायण, देवाहीगोनाही, कटहरीया, दुर्गाभगवती, गुजरा, बृन्दाबन, गढीमाइ, फतुवा बिजयपुर, मौलापुर, बौधिमाइ, परोहा ,इशानाथ, राजपुर गाउपालिकाका अधिकाश बस्तिहरु डुवानमा परेका छन । रौतहटको गौर सदरमुकाम जाने सडकमा बाढी बाढीले क्षेती पुर्याउदा सवारी ासधन आवतजावत बन्द भएको छ।

गौर चन्द्रपुर सडक खण्डको सखुअवामा बाढीले सडक भत्काएको छ । सडक बाढीले बगाएपछि शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बोट प्रयोग गरेर मानिस लाइ आवतजावत गराइरहेको छ । सखुअवामा ५० मिटर भन्दा बढी सडक बाढीले कटान गरेको छ।

सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरबाट डुवान क्षेत्रका केही गाउमा केही खाध्यान बितरण गरेको छ । हेलिकप्टर माथी बाटै चिउरा, दालमोठ, नुन बितरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.