वर्षाले उदयपुरमा टेलिफोन सेवा अवरुद्ध

वर्षाले उदयपुरमा टेलिफोन सेवा अवरुद्ध

गाईघाट: भारी बर्षा र निरन्तरको विद्युत अवरुद्धसँगै उदयपुरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ। टेलिफोन अवरुद्धसँगै जिल्लाबासी मर्कामा परेका छन्।

नेपाल टेलिकमको पिएसटिएन (ल्याण्डलाईन) सेवा शुक्रबार बेलुकादेखिदेखि नै अवरुद्ध भएकोमा अहिलेसम्म सुचारु हुन सकेको छैन। टेलिकमबाट वितरित ल्याण्डलाईन, जिएसएम प्रिपेड र स्काई फोन शुक्रबार रातिदेखि नै अवरुद्ध भएका छन्।

नेपाल टेलिकमसँगै शनिबार साँझदेखि एनसेल सेवासमेत अवरुद्ध बनेपछि सर्वसाधरण अझ बढि मर्कामा परेका हुन्। पोष्टपेडमा आएको समस्या केही घण्टामै सुचारु भएपनि प्रभाबकारी काम गर्न सकेको छैन्।

'वल्लतल्ल फोन लाग्छ त्यो पनि राम्रोसँगै बुझिदैन,' नेपाल पत्रकार महासंघका सचिब पर्शुराम थापाले भने, 'कुरा नसक्दै आफै काटिने, कुरा नबुझिने जस्ता समस्या देखापर्ने र पैसा भने काटिराख्ने समस्या रहेको छ।'

क्षेत्रीय कार्यालय इटहरीको प्रविधि शाखामा पानी चुहेर फाईबरमा गडबडी आउँदा टेलिफोन अवरुद्ध हुन पुगेको उदयपुरस्थित कार्यालय प्रमुख धमेन्द्र यादवले बताए।

इटहरीस्थित कार्यालयको इक्विपमेन्ट शाखामा वर्षाको पानी चुहेर प्रबिधिमा गडबढी आएकोले समस्या भएको उनको भनाई छ। उनले पोष्टपेडसँगै ल्याण्डलाईन, प्रिपेड र स्काई पनि सुचारु गर्न मर्मत कार्य भईरहेको जानकारी दिए।

टेलिकमले उदयपुरमा १ हजार ५ सय बढी ल्याण्डलाईन फोन वितरण गरेको छ भने १४ हजार बढी जिएसएम प्रिपेड मोवाई सिम वितरण गरेको छ। स्काई र पोष्टपेड मोवाईल भने त्यसको दाँजोमा केही कम रहेको यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.