धुर्मुसले जनकपुरमा बाँडे बाढी प्रभावितलाई राहत

धुर्मुसले जनकपुरमा बाँडे बाढी प्रभावितलाई राहत

जनकपुरधाम: बाढी प्रभावित भई गाँसबासको समस्या भोगिरहेका पिडितहरुका लागि राहत सामग्री लिएर हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस मधेस झरेका छन्।

सोमबार जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई उनले राहत सामग्री वितरण गरे । जनकपुर उपमहानगरपालिका १ स्थित दलित वस्तीमा राहत सामग्री बाँडिएको हो।

बाढिका कारण आर्थिक संकटमा परेका परिवारहरुलाई चुरा,दालमोट, मुरही, चाउचाउ, विस्कुट, पानी लगायतको खाद्यान्न समाग्री वितरण गरिएको हो।

अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आईतवार मेस्तर,मुसहर,पासवान लगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका हुन्।

विस्थापितहरुलाई आईतवार नै समाजिक अभियन्ता पत्रकार रामअशिष यादव नेतृत्वको युवाहरुको समूहले जनकपुरको धर्मसंस्थानको धर्मशालामा सारेको थियो।

राहत बाड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितहरुलाई सहयोग गर्नुपर्ने बताए।

धुर्मुस सुन्तली फाउण्डेशन राहत सामग्री, औषधि र स्वास्थ्यकर्मीसहितको टोलि लिएर मधेशको बाढी प्रभावित क्षेत्रहरुमा पुगेको उनले जानकारी गराए। बाढी पिडितको सहयोगका लागि महोत्तरी, सिरहा समेत पुग्ने योजना रहेको कट्टेलले जानकारी गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.