बाढीले बगाउँदा एकै घरका दुईको मृत्यु
गाईघाट: लगातारको बर्षापछि आएको बाढीले वगाउँदा उदयपुरमा सोमबार एकै घरका दुई जनाको ज्यान गएको छ।
जिल्लाको उत्तरी क्षेत्रको रौतामाई गाउँपालिकाबाट वग्ने हुल्मा खोलाले बगाउँदा वडानं ६ हात्तिटारका ५२ कर्णमाया मग्राती मगर उनका नाम नखुलेका ८ बर्षीया नातीको ज्यान गएको हो।
मध्यान्न १२:३० बजेको समयमा गाईबस्तु चराउन लैजादा हात्तिटार र रातमाटेको विचमा पर्ने हुल्मा खोला तर्नेक्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। उनीहरुको शव झण्डै ५ सय मिटर तल फेला परेको स्थानीयको भनाई छ।
बर्षाले जिल्लाका झण्डै ५ सय घरपरिवारमा क्षति पुर्याएको प्रारम्भिक तत्थ्यांक छ।लगातारको बर्षाले जिल्लाको त्रियुगा, वरुवा, हुल्मा, बैद्यनाथ, तवा, बबिया, लुहाले, सुकना खोला र सप्तकोसीका तटिय बाँधहरु फुटदा खोला खहरेहरु गाउँ पसेका हुन्।