बझाङमा बाढीले १२ पानी घट्ट, ४ भैसी गोठ बगायो
बझाड: दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ। गाँउको विचभागमा रहेको सानो खोलामा ठुलो वाढी आएपछि यहाँका घर छाना सहित पानी घट्टहरु बगाएको छ।
खोलाले धान गहुँ लगाएको खेत बगाएको छ भने आधुनीक एक घट्ट सहित खोलाको आसपासमा रहेका १२ पानी घट्ट सहित ४ वटा भैसीगोठहरु पनि बगाएको स्थानिय सुरेन्द्र जर्पेलले बताए। उनका अनुसार स्थानिय भुबेनेश्वरी प्राविको भवन पनि जोखिममा रहेको छ।
साँझ तिर वाढी आएकाले मानविय क्षति नभएको गाँउलेहरुले वताएका छन्। गाँउको विचमा सानो खोला थियो स्थानिय बशन्त बोहराले भने अत्याधिक पानी आएपछि एकाएक बाढी आएर नसोचेकै स्थानमा खोलाको जस्तो बाढी आएर गाँउको खेत जमिन बगाई गाँउमा बस्ने अवस्था छैन।
भिरालो डाडावाट गाँउमा वाढीपसेपछि यहाँका ५० घरपरिवार विस्तापित हुने अवस्थामा छन्। हिजो आएको बाढीले गिर्कु र बाईकाट्ने गाँउमा खानेपानी सिचाई सहित बाटोघाटमे पनि भत्कीएका छन्।
दुर्गाथली जस्तै छविस पाथीभेरा गाँउपालीका ७ लेखगाँउ खोरीमा पनि खोरीगाडमा बाढी आएर स्थानिय नहकुल बोहराको ८ कोठे घर पुर्ण रुपमा क्षती भएको छ । खोरीमा ४ गाई गोठमा पुरिएका छन् भने लगाएको तुलवाली बगाएको छ।
खोरीगाडले अन्य ५ घरमा पनि क्षेती गरेको बशन्त बोहराले बताए। केही दिन अगाडिदेखि आएको अविरल वर्षाका कारण बझाङमा मानवीय क्षति नभएपनि खोलाले घर, भैंसी गोठ, पानी घट्ट, धान रोपेका खेत साथै २०-२५ घरहरुमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै वर्षले पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सोमबारबाट सुचारु भएको छ।