बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग राजपाको माग

बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग राजपाको माग

काठमाडौ : राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोबाट प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । सो पार्टीको अध्यक्षमण्डलको सोमबार बसेको बैठकले बाढी पहिरोबाट पीडित मृतकका परिवार,घाइते,धनमाल गुमाएकाहरुको युद्धस्तरमा बचाउ र उद्धार गरी राहत प्रदान गर्न,आपतकालीन विपद व्यवस्थापन गर्न सरकारसँग माग गरेको हो ।


बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै संसद सदस्यहरुले एक महिनाको तलव बराबरको रकम दिने निर्णय पनि सो पार्टीले गरेको छ । बैठकले पार्टीको अध्यक्ष मण्डलसहितका नेता तथा कार्यकर्ताको तर्फबाट सबै प्रकारको नगदी र जिन्सी सहयोगका लागि पार्टी पंक्ति र पार्टी सम्बद्ध सबैलाई आब्हान गरेको छ ।
राहतलाई प्रभावकारी रुपमा अगाडि बढाउन मुलुकभरका उद्योगपति,व्यवसायी,स्वदेशी तथा विदेशी संघ संस्था,नियोग र दाता एवं् दातृ निकायलाई नगदी र जिन्सी सहयोग गर्न पनि बैठकले आब्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.