हिलोमा फसेको जहाज उड्न अझै दुई दिन लाग्ने

हिलोमा फसेको जहाज उड्न अझै दुई दिन लाग्ने

विराटनगर: विराटनगर विमानस्थलको पूर्वी कुनामा एउटा विमान पार्किङमा बसेको चार दिन बित्यो । अरु बेला विमानस्थलमा सामान्य अवस्थामै विमानहरु पार्किङमा बस्ने गर्छन्। तर, यो पटक श्री एयरको विमान भने तीन फिट पानी र त्यसपछि एक फिट अग्लो हिलोको लेदोमा डुबेर पार्किङमा बसेको छ। पाँच दिनदेखि यो विमानले विमानस्थल पुग्ने धेरैको ध्यान खिचिरहेको छ। श्री एयरको विमानले परीक्षण उडानका गरे सँगै शुक्रबार

विराटनगरमा मुसलधारे पानी पर्न सुरु भयो। विमान काठमाडौ फर्किएर जान नसकेर विराटनगरमै राखियो । आइतबार रातिसम्म बाढीले विमानस्थल नै जलमग्न भएको थियो। विमानस्थलमा तीन फिटसम्म पानी जमेको थियो। पानी घटेपनि सोमबारदेखि रनवे तथा विमानस्थलमा एक फिटसम्म हिलो र लेदो जमेको छ। यस्तो अवस्थामा उडान तथा अवतरण पूरै अवरुद्ध भएको छ।

नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरका प्रवक्ता सन्तोष ढकालले परीक्षण उडानका लागि आएको श्री एयरको विमान वर्षा र बाढीका कारण विमानस्थलमै फसकेको बताए। उनले भने,‘विमानस्थलबाट उडान सूचारु हुनअझै कम्तिमा दुई दिन लाग्ने भएकोले श्री एयरको विमान उड्न पनि त्यति नै समय लाग्छ।' बाढीले बगाएर ल्याएको हिलोलेदो धावनमार्गमै जमेकोले उडान गर्न नसकिएको र यसलाई पञ्छाएर मात्रै सुचारु हुने ढकालले बताए।

विमानस्थल पूरै सफा नगरुञ्जेल विमानको उडान र अवतरण अवरुद्ध भएको छ। धावनमार्गमा पानीमाटो अथवा कुनैपनि वस्तुको अवरोध रहुञ्जेल विमान उडाउन मिल्दैन। बाढीले विमानस्थलका अन्य भागमा समेत क्षति गरेको छ। शनिबार देखिविराटनगर विमानस्थलमा उडान अवरुद्ध भएको हो। सोमबारदेखि नेपाली सेनाले विमानस्थलको हिलो पन्छाउन सुरु गरेको छ।

श्रीयर एयरको उडान सम्बन्धी ‘सेड्यूल एप्रुभ'भई भैरहवा र नेपालगञ्जबाट नियमित उडान समेत सुरु भएको उड्डयन कार्यालयले जनाएको छ। प्रवक्ता ढकालले भने, ‘काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पार्किङको अभाव भएकोले श्रीले आउट स्टेशन बेस गरी विराटनगरबाट उडान गर्ने तयारीमा रहेको छ।'

ढकालका अनुसार पार्किङका लागि विराटनगर विमानस्थलमा ठाउँ रहेकोले पनि श्रीले यतैबाट उडान तालिका अनुसार नियमित उडान गर्ने तयारी गरेको छ । अत्याधुनिक विमानबाट आन्तरिक सेवा प्रदान गर्न ल्याएको श्रीको विमानले नियमित उडानको इजाजत पाउन निकै समय कुर्नु परेको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.