पाँच सय घरपरिवार विस्थापित

पाँच सय घरपरिवार विस्थापित

गाईघाट: लगातारको बर्षापछि आएको बाढी पहिरोका कारण उदयपुरका करीव ५ सय घर परिवार विस्थापित भएका छन । ७२ घण्टादेखिको लगातार वर्षाले घरखेत डुवानमा परेपछि सबैभन्दा बढी बेलका नगरपालिका र त्रियुगा नगरपालिका असर पुर्याएको हो।

बेलकाको वडानं २ को भागलपुर, त्रियुगा नगरपालिकाको वडानं २ को खैजनपुर, ३ को मोतिगडा, हात्तिमारा र प्रभातटोल आसपास क्षेत्रका स्थानीयबासी विस्थापित भएका हुन्। भागलपुरका करिव ३ सय घर सप्तकोसीको भंगालोले डुवाएको छ भने खैजनपुरको ६५, मोतिगडाको ४५, हात्तिमारा र प्रभातटोलका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको जनाइएको छ।

बाढी पहिरोका कारण ३ अरव भन्दा बढीको क्षति भएको बताइएको छ। विस्थापितहरुलाई सम्बन्धित नगरपालिका, स्थानीय प्रशासन र जिल्ला दैविप्रकोप उद्धार समितिले तत्काल उद्धार गरी बिद्यालय, क्याम्पस र सार्वजनिक भवनहरुमा राखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.