पहिरोमा पुरिएको दुई दिनपछि शव निकालियो
इलामः माइ नगरपालिका ८ महमाईमा शनिबार राति पहिरोमा पुरिएका एक बृद्धको शव सोमबार निकालिएको छ।
घरमाथिबाट खसेको पहिरोमा पुरिएका ९७ बर्षीय मदन मगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दानाबारी , महमाई र झापाको झिलझिलेबाट गएको प्रहरीको टोलीले शव निकालेको डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।
पहिरोले चुलाचुली ५ शान्ति चोकका बुद्धिमान तामाङको १३ वटा बाख्रा पुरेको प्रहरीले जनाएको छ। बिहीबारदेखिको बर्षाको कारण इलाममा पाँच परिवार विस्थापित भएका छन्।