बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण

बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण

टिकुलीपूर(बाँके): बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन थालेको छ। बालबच्चा र बृद्धबृद्धा धमाधाम विरामी हुन थालेका छन्। राप्ती सोनारी- २ टिकुलीपुरका विमा घर्तीकी छोरी १ बर्षीया छोरी झाडापखाला भएको छ।

दुई वटै छोरीहरु विरामी भएको उनले बताइन्। 'एउटीलाई झाडापखाला भएको छ , अर्कीको टाउको दुखेको छ।' घर्तीले भनिन्। सिद्ध साई कुमारी सामुदायिक वन टिकुलीपुरमा आश्रय लिएर बसिरहेकी घर्ती छोरीहरु उपचारमा समस्या भएको बताउँछिन्। 'बस्नकै समस्या छ, छोरीलाई कहाँ उपचार गर्न लिएर जाने।' उनले भनिन्।

६० बर्षीया बृद्धा रति खत्रीलई घाँटी दुख्ने,ज्वरो आउने समस्या भएको छ। 'बाढीमा धेरै भिजे, त्यसले घाँटी नै समात्यो, राम्रोसँग बोल्न पनि सक्दिन , टाउको पनि दुखि रहेको छ , ज्वरो समेत आएको छ।

'सामुदायिक वनको भवन विरामी भएर सुतिरहेकी खत्रीले भनिन। सो गाउँकी तिल कुमरी रेउले आफ्नी ९ महिनाकी छोरी बाढी आएकै दिन देखि विरामी भएको बताइन । 'औषधी खुवाइरहेकी छु।' तिल कुमारीले भनिन।

पिडित सरस्वती पिडित सरस्वती खत्रीले अधिकाश बालबालिका र बृद्धाबृद्ध विरामी पाएको बताइन । 'बुढाबुढी र केटाकेटी त विरामी भइसकेका छन्, हामीलाई रुघाखोकी लाग्न थालेको छ।' ३० बषिैया खत्रीले भनिन। बाढी प्रभावित फत्तेपुर, डुडुवा, उढरापुर लगायतमा स्थानमा समेत भाइरल ज्वरो, रुघाखोकी र झाडा पखालाको प्रकोप देखिन थालेको छ।

फोहरपानी र दुषित खानाका कारण रोगको प्रकोप फैलिन थालेको छ। समयमा ध्यान नदिएमा बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सम्भावना रहेका छ।

जनस्वास्थ्य कार्यालय बाँकेको महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन राम बहादुर चन्दले मंगलबार टिकुलीपुर चिकित्सक सहितको टोली पठाउने तयारी भइरहेको जानकारी दिए।

फोकल पर्सन चन्दका अनुसार बाढी प्रभावित क्षेत्र फत्तेपुरमा चिकित्स डा. सुदिन कायस्थ टिम , गगापुरमा डा. सन्तोष श्रीपाइली , खजुराको उढरापुरमा डा. माधव बन्जाडे सहित स्वास्थ्यकर्मीको टिम पठाइएको छ।

उनले भने, 'महामारी देखिएको छौ, फाट्फुट ज्वरो, रुघाथोकी, झाडापखाला देखिएको छ, हामीले चिकित्सक पठाएर सेवा दिइरहेका छौ।' उनले अति प्रभावित क्षेत्रमा औषधी समेत पठाएको जानकारी दिए। उनले नमुना सन्देशहरु प्रशारण गरिरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.