अन्‍नपूर्णकर्मी सुवेदी सम्मानित

अन्‍नपूर्णकर्मी सुवेदी सम्मानित

काठमाडौं: सूचना चौतारी सञ्चार सहकारी अन्नपूर्णकर्मी तुल्सीराम सुवेदीलाई सम्मान गरेको छ। नेपालको सहकारी अभियानमा पत्रकारिता क्षेत्रबाट पुर्‍याएको योगदानको कदर गर्दै सम्मान व्यक्त गरेको हो।

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले कदरपत्र प्रदान गरेका थिए। त्यस्तै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने अन्य सात जनालाई सम्मान तथा कदर पत्र प्रदान गरेको छ।

सहकारीले सहकारीमा जोखिम व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएका डा ज्ञानेन्द्र पौडेल एवम् उत्कृट सहकारी गीत रचनाकार शरद महर्जन महर्जनलाई सम्मान गरिएको थियो।

त्यसैगरी कला क्षेत्रमा अतुलनीय योगदान वापत संस्थापक सदस्य एवम् वरिष्ठ कलाकार लक्ष्मी गिरी, स्वरोजगारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत पूर्व सञ्चालक सानुराजा सिल्पाकार, संस्थालाई सेवा पुर्‍याउने पूर्व प्रबन्ध सञ्चालक ज्ञानुलोचन सापकोटा र स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशीलताका लागि प्रमुख कार्यकारी अधिकृत प्रकाश थापालाई सम्मान गरिएको हो। त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ तुलसा भट्टराईलाई कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले सहकारीमार्फत समाजवाद स्थापना हुने बताए। सूचना चौतारी सञ्चार सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभाको अवसरमा बोल्दै मन्त्री यादवले सहकारीमार्फत संमृद्वि हासिल गर्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.