होटल संघद्वारा बाढीपीडितलाई सहयोग

होटल संघद्वारा बाढीपीडितलाई सहयोग

काठमाडौं: होटल संघ नेपालले बाढीपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। संघको सोमबार बसेको पदाधिकारीको आकस्मिक बैंठकले बाढीपीडितलाई सहयोगार्थ पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

चितवन, मोरङ, बाँके, बर्दिया, सुनसरी, रूपन्देही, परासीलगायत जिल्लामा बाढीबाट प्रभावित पर्यटकको उद्धार आवश्यक भएमा सेवाका लागि होटल संघ नेपालले २४सैं घन्टा हटलाइन सेवा सुरु गरेको जनाएको छ।

संघका अनुसार सेवाका लागि संघको हटलाइन नम्बर ९८५१०३१४९५ र ९८५११९१८२७ मा सम्पर्क गर्न सकिनेछ। बाढीको प्रकोपबाट भएको धनजनको क्षतिको मूल्यांकनपश्चात होटल संघ नेपालले आवश्यक राहत कार्यक्रममा सघाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.