एनआईसी एसियाकाे लाभांश प्रस्ताव

एनआईसी एसियाकाे लाभांश प्रस्ताव

काठमाडौं: एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश दिने भएको छ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ का लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २०औं वार्षिक साधारणसभाको स्वीकृतिपश्चात आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

गत आवमा बैंकले एक अर्ब ४७ करोड ३४ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । हालसम्म बैंकले देशभरि एक सय १९ शाखा तथा चार एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । बैंकका निक्षेप ग्राहक संख्या पाँच लाख ५० हजारभन्दा बढी रहेको र बैंकका कर्जा ग्राहक संख्या २५ हजारभन्दा बढी रहेको बैंकले जनाएको छ ।

बैंकका डिजिटल बैंकिङ सेवा लिने सेवाग्राही संख्या दुई लाख ५० हजार नाघेको छ । बैंकले तीन वर्षअघि नै दीर्घकालीन रणनीति तर्जुमा गरेको र उक्त रणनीति कार्यान्वयनपश्चात सन २०२० सम्म बैंकका शाखा सञ्जाल तीन सय र एटीएम संख्या एक हजार पुर्याई राष्ट्रकै उत्कृष्ट बैंकभित्र पर्ने लक्ष्य लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.