सगरमाथा इन्सुरेन्समा मानन्धर
काठमाडौं: सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विशेषज्ञ सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छन् ।
कम्पनीको दुई सय ४६औं सञ्चालक समितिको बैंठकले बिमा क्षेत्रमा लामो अनुभव हासिल गरेकी निर्मलादेवी मानन्धरलाई विशेषज्ञ सञ्चालक नियुक्त गरेको हो । सञ्चालक समितिको उक्त बैठकले श्रवण रावललाई नायब महाप्रबन्धक नियुक्त गरेको छ ।
बिमा क्षेत्रमा तीन दशकको अनुभव हासिल गरेका रावलले भारतको मुम्बइ विश्वविद्यालयबाट वाणिज्य संकायमा स्नातक गरेका हुन् ।