'दुई देशको सम्बन्ध ईश्वरले बनाएको'

'दुई देशको सम्बन्ध ईश्वरले बनाएको'

काठमाडौं: नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपाल —भारत सम्बन्ध ईश्वरले बनाएको बताएका छन् । उनले भने, ‘नेपाल—भारत सम्बन्ध सदियौंदेखि चलिआएको र यसलाई ईश्वरले नै बनाएकाले कुनै शंका-उपशंका गर्नुको औचित्य हुँदैन।'

भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा पुरीले भारतले नेपालको हरेक विकास निर्माणमा सहयोगी भूमिका निभाउने बताएका छन्। उनले भारतको चाहना नेपालमा विकास र समृद्धि भएकाले यसका लागि जस्तोसुकै सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी तीव्र गतिमा भएको भन्दै पुरीले प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत्, रेल्वे, सडक र सम्पर्क सञ्जालजस्ता विषयमा छलफल हुने जानकारी उनले दिए। ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला विशेष गरी जलविद्युत्, रेल्वे लाइन, सडक र सम्पर्क सञ्जालका विषयमा छलफल र परामर्श हुन्छ,' उनले भने, ‘भारतको सहयोगमा वा अन्य कुनै पनि जारी निर्माणाधीन परियोजना र कार्यान्वयनमा भ्रमणमा जोड दिनेछ।'

प्रधानमन्त्री देउवाको यो भ्रमण फलदायी र सफल हुन्छ भन्ने हाम्रो कामना र चाहना छ, हामी सोहीअनुसार तयारीमा लागेका भन्दै उनले भने, ‘भ्रमणमा दुईपक्षीय हितका विषयमा कुरा हुन्छ।'

नेपालले चाहेको सहयोग गर्न भारत सधैँ तयार रहेको भन्दै पुरीले भने, ‘नेपालले के चाहन्छ, त्यसका लागि भारत सधैँ सहयोग गर्न तयार छ।' नेपालसँग भारतका ५ वटा प्रान्तमा १८ सय किलोमिटर क्षेत्रफल जोडिएको र यो सम्बन्ध ईश्वरले नै बनाएको दाबी उनले गरे। ‘नेपाल एउटा घनिष्ट मुलुक भएकाले नेपालसँग हाम्रो सधैँ साथ रहनेछ, मोदीको नीति भनेकै छिमेकी प्रथम भन्ने हो त्यसैले यसबाट नेपालमा धेरै विकासमा सम्भावना छ', पुरीले अगाडि भने, ‘हामी एकआपसमा साझेदारी गरेर अगाडि बढौं।'

भारतले ७० वर्षको इतिहासमा तीव्र आर्थिक विकास गरेको उदाहरण दिँदै उनले आफ्नो छिमेकी मुलुक त्यो पनि पहिलो र अति घनिष्ट छिमेकीको हिसाबले नेपालप्रति हाम्रो सदासयता रहनेछ। भारतले गरेको विकासको गति संसारका लागि उदाहरणीय भएकाले ऐक्यबद्ध भएर विकास निर्माणमा अगाडि बढ्नुपर्छ।

केही दिनदेखि मुलुकको तराई क्षेत्रमा आएको बाढीका विषयमा उनले समस्या समाधानका लागि ‍दुई देश बसेर छलफल गरेर टुंग्याउनुपर्ने बताए । ६ महिनाको बीचमा नेपाल-भारतबीच भएको उच्चस्तरीय भ्रमण संसारको कुनै पनि मुलुकमा नभएको भन्दै उनले यो सम्बन्ध प्रगाढ र सौहार्दपूर्ण भएको बताए। ‘संसारको कुनै पनि मुलुकमा हाम्रोजस्तो सम्बन्ध छैन।

६ महिनाको अवधिमा हाम्रो ५ वटा उच्चस्तरीय भ्रमण भए। भारतीय राष्ट्रपति नेपाल आउनुभयो, नेपालका राष्ट्रपति भारत जानुभयो, नेपालका प्रधानमन्त्री प्रचण्ड दुई पटक भारत जानुभयो, भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुभयो र फेरि नेपालका प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ। यस्तो भिजिट अरू मुलुकसँग हुन्न । नेपालमा हाम्रो त्यत्रो प्राथमिकता छ,' पुरीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे कुनै पनि टुंगो नभएको भन्दै उनले नेपाल सरकारको औपचारिक निमन्त्रणापछि मात्र मिति तय हुने बताए । ‘मोदीको‍ नेपाल भ्रमणबारे कुनै पनि टुंगो भएको छैन। नेपाल सरकारको औपचारिक आग्रह र निमन्त्रणा आएपछि छलफल गरेर अगाडिको मिति तय हुन्छ,' उनले भने, ‘तर प्रधानमन्त्री मोदी कुनै एउटा महत्वपूर्ण परियोजनाको शिलान्यासमा आउने कुरा भएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.