भूकम्पको २ वर्षपछि नौ तले दरबार पुनःनिर्माण शुभारम्भ (फोटो फिचर)

भूकम्पको २ वर्षपछि नौ तले दरबार पुनःनिर्माण शुभारम्भ  (फोटो फिचर)

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौ तले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहनुभएका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा मंगलबार संयुक्तरुपमा पुनःनिर्माणको शुभारम्भ गरेका हुन्।

Hanuman_dhoka3कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए। चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुशी व्यक्त गरे।

चीनले पाँच वर्षमा करिब रु १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। उनले भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताए। दुवै सम्पदा पुनःनिर्माणमा रु ३३ करोड लाग्ने विभागले जनाएको छ ।

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो । रासस

तस्बिरहरु: रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.