ताइवनमा फहराइयो नेपाली झण्डा
काठमाडौं : कामको सिलसिलामा ताइवानमा बस्दै आएका नेपालीले नेपालको साँस्कृतिक पर्यटन प्रबद्र्धनका लागि ताइवानको ताइपेइ शहरमा सडक यात्रा प्रदर्शन गरेका छन् ।
ताइवानबासी नेपालीले सोमबार विभिन्न जात जातिको भेषमा नेपालको झण्डा बोकेर ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरी झै ज्योति बाली’, बोलको राष्ट्रिय गीत गाउँदै ताइपेइ शहरको दुई किलोमिटर यात्रा गरेका थिए ।
यसैगरी ताइवानमा यही अगस्ट १९ देखि ३० तारिखसम्म आयोजना हुन लागेको अन्तर्राष्ट्रिय युनिभर्सिटी गेम्समा विभिन्न देशको संस्कृति र पर्यटन प्रवद्र्धनको स्टल समेत राखिएको छ । एनटीएले पनि नेपालको संस्कृति र पर्यटन प्रवद्र्धनका लागि दुई वटा स्टल राखेर नेपालको प्रवद्र्धन गरिरहेको एनटीएका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
युनिभर्सिटी गेम्समा नेपालसहित विश्वभरका एकसय ५० देशको सहभागिता रहनेछ । एनटीएले यसअघि भूकम्प प्रभावित क्षेत्र, धुर्मुस सुन्तरी पाउन्डेसन र महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पनि सहयोग गरेका थियो।