डुबान क्षेत्रका स्थानीयबासी विरामी पर्न थाले, महामारी फैलिने खतरा

डुबान क्षेत्रका स्थानीयबासी विरामी पर्न थाले, महामारी फैलिने खतरा

बर्दिबास: विगत ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीले महोत्तरी जिल्लाका ४० हजार घरमा २ लाख गाउँका स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्। विभिन्न किसिमको रोग फैलिने जोखिम बढेको छ।

बाढीको कटान र डुबानमा परेका महोत्तरीका झन्डै ३७ गाउँमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन्। जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर, लोहारपटि, मेघनाथ गोरहन्ना, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरि, बथनाहा लगायतका ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका उक्त रोगको प्रकोप फैलिएको हो।

विभिन्‍न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखा नपरेको र औषधि समेत अभाव रहेको मेघनाथगोरहन्नाका शिक्षक श्याम गिरिले गुनासो गरे। 'उपचार गराउन जाँदा स्वास्थ्य चोकीमा चिकित्सक भेटिएनन्।'

महोत्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन्। खपडा, टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकासमुनि सडकको छेउछाउमा बस्न बाध्य छन्। यसका कारण महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक गिरेन्द्र झाले बताए।

बाढीका कारण ग्रामीण क्षेत्रमा बाटो अवरुद्ध छ। सडक क्षतिग्रस्त भएकाले सवारी साधन आवतजावतमा समस्या भएका कारण जलेश्वर सदरमुकाम आउन पनि समस्या भएको बिरामीको गुनासो छ।

बाटोको नभएको कारण एम्बुलेन्स वा अन्य कुनै पनि सवारी साधन नपाएर जलेश्वर ७ अन्कार निवासी मुकेश कुमार यादवले आफ्नो गर्भवती श्रीमतिलाई खाटमा राखेर आफन्तहरुको सहारामा साउन ३० गते साँझ खाटमा राखेर अस्पताल ल्याए।

केहि दिनदेखिको अविरल वर्षा र सोपछि आएको बाढीको कारण सडकविहीन बनेको सदरमुकाम जलेश्वरसम्म आउन र सदरमुकामबाटै अस्पताल पुग्न बिरामीहरुलाई खाटमा लगिने गरिएको छ।

सदरमुकाम छेउछाउको गाँउबाट अस्पताल लग्न खाटकै सहारा भएपनि सदरमुकामबाट टाढा रहेका विरामीहरु अस्पताल सम्म पुग्न असमर्थ नै भएका छन्।

साउन २९ गते सर्पदंशले थला परेर अस्पतालको ईमरजेन्सी कक्षमा पुगेका प्रकौलीका एक विरामीलाई समेत जनकपुर रेफर गरिएकोमा वाढीले बाटोहरु अवरुद्ध भएपछि उनलाई लग्न सकिएन र अन्तत जलेश्वर अस्पतालमै उपचार गरिएको अस्पतालका कर्मचारीहरुले बताए ।

साउन २९ गते साँझदेखि पानी पर्ने क्रम रोकिएसंगै महोत्तरीमा पानी घटेको छ। बाढीको पानीको कारणले सदरमुकाम जलेश्वर आउने सम्पूर्ण बाटोहरु विस्तारै सुचारु हुने क्रममा छ।बाटो विग्रेको कारण विरामीहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन समेत समस्या देखिएको छ।

बाढीको कारण जिल्ला स्वास्थ्य कार्यालय र जलेश्वर अस्पतालको कम्पाउण्डमा पानी पसेपछि उपचारमा कठिनाई उत्पन्न भएको छ। बाढीको पानी जिल्ला स्वास्थ्य कार्यालयको औषधि भण्डारण कक्षमा समेत पसेको स्वास्थ्य निरीक्षक गिरेन्द्र झाले जानकारी दिए। 'पानीको कारण जिवनजल, पारासिटामोल, मेट्रोन लगायतका औषधीहरु पानीमा डुब्यो।'

जिल्ला स्वास्थ्य कार्यालयको खोपकक्ष र औषधी भण्डारण कक्षमा वाढीको पानी प्रवेश गरेपछि लाखौ मुल्य बरावरको औषधी र खोपहरु खराव हुने भएको छ। औषधिकै अभाव भएर चिकित्सकले लेखेको सवै औषधी विरामीहरुले नपाएको अवस्थामा भएभरको औषधी समेत वाढीको पानीमा गल्दा समस्या भएको हो।

साउन ३० गते वाढीको पानी औषधी भण्डारण कक्षबाट कम भएपछि भण्डारण कक्ष खोलेर हेर्दा सिटामोल, जिवनजल र मेट्रोन जस्ता अतिआवश्यक औषधीहरु भिजेको छ। सो मध्ये केही काम नै नलाग्ने भएको छ भने खोप फाँटमा समेत खोप लगाउने सिरिन्जहरु वाढीको पानीमा भिजेर खराब भएको छ।

अविरल वर्षापछि आएको वाढीबाट प्रभावितहरुलाई तत्काल सुरक्षित स्थानमा राख्न दैवी प्रकोप उद्धार समितिले सुरक्षा निकायलाई महोत्तरी पुगेका सोमबार महोत्तरी पुगेका स्वास्थ्य मन्त्री गिरिराजमणी निर्देशन दिएका छन्।

महोत्तरीमा आएको वाढीले अहिलेसम्म तीनजनाको मृत्यु भएको छ। बाढीको कारण जलेश्वर नगरपालिका २ का १५ बर्षीय बिक्‍की ठाकुर, जलेश्वर नगरपालिका ८ मा पाहुना बस्न आएका धनुषाका ६५ बर्षीय शिव महरा तथा लोहारपट्टि गाउँपालिका १ का इन्दल महराको मृत्यु भइसकेको छ।

यसैबीच अविरल वर्षापछि आएको वाढीले जिल्लाको विभिन्न मुख्य तथा सहायक सडकहरु ठाउँ ठाउँमा वगेपछि अवरुद्ध भएको बाटो खुल्न अझै केहि समय लाग्ने स्थानिय प्रसासनले बताएको छ।

जनकपुर भिट्ठामोड सकड,जलेश्वर सम्सी सडक,जलेश्वर बर्दिवास सडक,जलेश्वर मटिहानी सडक अझै अवरुद्ध रहेको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.