धरान-धनकुटा मोटरबाटो संचालन

धरान-धनकुटा मोटरबाटो संचालन

धरान : अविरल बर्षाका कारण अवरुद्ध भएको धरान-धनकुटा सडक संचालनमा आएको छ। धरान उपमहानगरपालिकामा रहेको निशाने डाँडाबाट पहिरो खसेर सडक बगाएपछि अबरुद्ध बनेको उक्त सडक आंशिक रुपमा संचालनमा आएको छ।

सडक डिभिजन कार्यालयले बगाएको सडकको माथिल्लो भागमा डोजर लगाएर अस्थायी मोटरबाटो संचालनमा ल्याएपछि धरान-धनकुटा मोटरबाटो संचालनमा आएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए।

तीन बर्ष अगाडिदेखि भासिएको सडक समयमा पुनःनिर्माण नगर्दा शनिबार आएको बर्षाका कारण पहिरो गएर धरान-धनकटा सडकको करिब ३० मिटर सडक बगाएको थियो।

मोटरबाटो संचालनमा आएपपछि धरानबाट धनुकटा, तेह्रथुम, संखुवासभा र भोजपुर जाने सवारी साधन आवतजावत गर्न थालेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.