बाढीको पीडा बिर्सिएर विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)
विराटनगर: श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमामनाइने राधाकृष्ण रथयात्रा छुट्टै महत्व छ। यो पटक रथयात्राआयोजक समितिले स्वर्ण उत्सवको रुपमा रथयात्रा मनाई रहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी सवारहुने तयारी गरिएपनिपूर्वी क्षेत्रमाआएको बाढीका कारण अन्तिम समयमाआएर भ्रमण स्थगन गरिएको थियो। यो वर्ष बाढीका कारण रथयात्रामाविगतको जस्तो सहभागिताभने छैन। तर, पीडामा परेका बाढी पीडितहरु समेत रथ तान्न उत्साहका साथ सहभागी भएका छन्।
कटहरीबाट रथ तान्नआएकीखुसी मण्डलले भनिन्,‘बाढीले घर बगाएकोछ तर हरेक वर्ष रथ तान्ने गरेकीथिए यो पटक पनि सहभागीहुनआएँ।' मण्डल आफ्ना साथीहरुसँगै अपरान्हविराटनगर आएकीथिइन। रथ तान्नआएकातिर्थखवासले पनि कृष्ण जन्माष्टमीको महत्वविशेष हुने गरेको बताए।
रथयात्राआयोजकमूल समितिकाअध्यक्षबाबुराजाओझाले बाढीका कारण विगत जस्तो सहभागितानभएपनि संस्कार धान्न सबै तयारी गरिएको बताए। बाढीका कारण खासगरी विराटनगरसँग सीमाजोडिएका गाउँपालिकाकाबासिन्दा पीडामा परेका छन।
रथयात्रमा सहभागीहुनभारतबाट समेत ठूलो संख्यामाभक्तजनआउने गरेकोमा यो पटक न्यून सहभागिता रहेको छ। दिउँसोदेखि नै निस्किएका झाँकीले विराटनगरमा निकै उल्लास थपिएको छ।