नवलपरासीमा बाढीले ६ सय घर पूर्ण रुपमा क्षतिग्रस्त

नवलपरासीमा बाढीले ६ सय घर पूर्ण रुपमा क्षतिग्रस्त

परासी: बाढीका कारण नवलपरासीमा ६ सयबढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण ३० हजार परिवार प्रभावित भएका छन् भने ६ हजारको हाराहारीमा विस्थापित भएको जिल्ला दैविप्रकोप उद्दार समितिले जनाएको छ।

साउन १९ देखि ३० गतेसम्म परेको पानीका कारण ६ सयबढी घर बस्न नसक्ने गरी ढलेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए। ढलेका घर सबै कच्चि हुन्।

बाढीले सबैभन्दा बढी दक्षिणभेग प्रभावित छ। दक्षिणभेगका सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्दन गाउँपालिकाका स्थानीयहरु विस्थापित भएका छन्।

त्यसैगरी नवलपुरभेगको मध्यविन्दु र कावासोती नगरपालिका-१५ का स्थानीयहरु पनि विस्थापित भएर बसेका छन्। उनीहरु सबैलाई स्थानीय स्कुल, प्रहरी कार्यालयमा राखिएको छ। केही छिमेकीहरुको घरमा आश्रय लिएर बसेको सहायक प्रजिअ ढुंगानाले बताए।

प्रतापपुर-४ र ५मा विस्थापित भएका ३ सय ५० परिवारलाई बिरेन्द्र निमावि र पाँचभेज स्कुलमा राखिएको छ। गुठिप्रसौनीबाट विस्थापित भएका २ सय परिवारलाई जनज्योती उच्च माविमा राखिएको छ।

पाल्हीनन्द गाउँपालिकाका सबै वडाहरु बाढीको डुबानमा परेका छन्। त्यहाँबाट विस्थापित भएका १ सय परिवारलाई बाईसीदेवी प्रावि सनई र छिमेकीको घरमा राखिएको छ।

त्यसैगरी सुस्ता गाउँपालिका-५ मा प्रहरी पोष्टमा कार्यरत प्रहरीसहित १ सय जनालाई सुरक्षित स्थानमा राखिएको छ। सरावल गाउँपालिकाका सबैजसो वडाहरु डुबानमा परेका छन्। त्यहाँ ५ सय बढी परिवार विस्थापित छन्।

जसमध्ये १ सय ५० जनालाई स- मिल र अनयलाई भूजहवा माविमा राखिएको छ। अन्य जोखिममा रहेकालाई बर्दघाटे पुल र उचो स्थानमा राखिएको जिल्ला दैविप्रकोप उद्दार समितिले जनाएको छ।

त्यस्तै मध्यविन्दु नगरपालिकाबाट विस्थापित भएका २ सय ५० बढी परिवारलाई सरस्वती मा.वि.मा राखिएको छ। कावासोती नगरपालिका-१५ मा विस्थापित भएका ३ सय ५० बढी परिवारलाई नजिकको स्कुलहरुमा राखिएको छ। केही विस्थापितहरु छिमेकी र आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

'तत्काल घर फर्कन सक्ने अवस्था छैन'

बाढीबाट विस्थापित भएकाहरु तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको जिल्ला दैविप्रकोप समितिले जनाएको छ। घर भत्केर आश्रय लिएर बसेका स्थानीयहरुलाई पालको व्यवस्था गर्न जरुरी रहेको सहायक प्रजिअ ढुंगानाले बताए।

ढलेको घरका सामानहरु पानीमा डुबेको र पानी सुक्न ३/४ दिन लाग्ने भएकाले तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको उनले बताए। पानी सुकेपनि हिलो भएकाले पुन: कच्चि घर बनाउन नसकिने भएकाले विस्थापितहरु घर फर्कन केही समय लाग्ने ढुंगानाले बताए। घर निर्माण नहुने बेलासम्म उनीहरुको बसोबासका लागि तत्काल त्रिपालको आवश्यक रहेको सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले बताईन्।

यसैबीच पक्की घरसमेत डुबानमा परेर आश्रय लिएका स्थानीयहरु पनि घर फर्कन नसक्ने अवस्थामा छन्। केही दिनपछि पानी सुकेपनि घरभित्रको हिलो तत्काल नसुक्ने भएकाले उनीहरु घरमा पुगेर बस्न नसक्ने उपाध्यक्ष रायले बताईन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.