बाढी,पहिरो र डुवानमा परी १११ जनाको निधन,३५ जना वेपत्ता

बाढी,पहिरो र डुवानमा परी १११ जनाको निधन,३५ जना वेपत्ता

काठमाडौ बाढी,पहिरो र डुवानका कारण उत्पन्न प्रकोपबाट एक सय ११ जनाको निधन भएको छ । व्यवस्थापिका संसदमा सम्बोधनमा सम्बोधन गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले विभिन्न जिल्लाहरुमा बाढी, पहिरो र डुबानका कारणले मृत्यु हुनेहरुको संख्या एक सय ११ पुगेको जानकारी गराएका हुन ।

प्रभावित जिल्लाहरुका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको,हजारौ जनता विस्थापित, दशौं हजार घरहरु डुबानमा परेको गृहमन्त्री शर्माले बताए ।

उनले बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख र घर मर्मत गर्न १० हजार रुपैया वितरण समेत सुरु भएको जानकारी दिए । क्षतिको बिस्तृत विवरण संकलन भइरहेको पनि गृहमन्त्री शर्माले बताए ।
“सरकारले उद्धार र राहत सामाग्री वितरणमा सम्पुर्ण शक्ति, श्रोत र साधन परिचालन गरेको छ” उनले भने“बाढी पीडित परिवारमा रोगको संक्रमण नफैलियोस भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन गरिएको छ ।”

जनकपुरलाई आधार बनाएर तीन वटा हेलिकोप्टर, नेपालगञ्ज आधार बनाएर एउटा हेलिकोप्टर परिचालन गरिएको मन्त्री शर्माले बताए । मन्त्री शर्माले बुधवारसम्म राहत वितरण गरिने जानकारी गराए ।

अबोध बालकलाई कोशीमा बगाउनु पर्ने ह्रदय विदारक अवस्था आएको उल्लेख गर्दै, मन्त्री शर्माले प्रभावित क्षेत्रका सांसदहरुलाई आफ्नो क्षेत्रका सुचना र समस्या केन्दित गरेर राहतको विवरणमा सहकार्य गर्न आग्रह गरे ।
“जल मग्न भएर भयावह स्थिति पैदा भएको छ,” उनले भने “स्थानिय स्तरमा सुरक्षा निकाय र स्वास्थ्य चौकी पनि डुबानमा परेका छन । बाढी सुरु भए देखिनै ब्यारेकबाट सेना, प्रहरी र शसस्त्र प्रहरीले हजारौंलाई उद्धार गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.