सडकमा भेटिएको चार लाख सम्बन्धित व्यक्तिलाई बुझाइयो

सडकमा भेटिएको चार लाख सम्बन्धित व्यक्तिलाई बुझाइयो

काठमाडौं : काठमाडौं महानगरपालिका २१ भोटेबहाल पिपलबोटमा पैदल यात्रुले भेटेको चार लाख सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

भेटेबहालमा मच्छेली महर्जन, शारदा महर्जन, मचानानी महर्जन, विमला डंगोल र नानीमाया महर्जनले बेवारिसे अवस्थामा भेटेको चार लाख रुपैयाँ महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंमा बुझाएका थिए।

सोही रकम महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सम्बन्धित व्यक्ति अर्थात् पैसाधनी सिन्धुपाल्चोक थुमपाखा ७ घर भइ हाल ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने सुजन लामालाई बुझाएका हुन्।

सुजनले आफ्नो हराएको रकम फिर्ता दिएकोमा रकम भेट्टाउने र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.