बाढीपहिरो पीडितका नाममा डा. केसी अनसन स्थगित गर्दै

बाढीपहिरो पीडितका नाममा डा. केसी अनसन स्थगित गर्दै

काठमाडौं : चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले बाढीपहिरो पीडीतका नाममा अनशन तोड्ने भएका छन्।

डा.केसीले मुलुकमा बाढीपहिरोबाट पीडित भएका जनताका नाममा अनशन तोड्ने मनस्थिती बनाएको उनी निकट चिकित्सकले बताएका छन् । अहिले बसिरहेको मन्त्रीपरिषदको बैठकले केसीका माग सम्बन्धमा निर्णय गर्दै छ।

केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गर्न लागेका हुन् ।

उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ दिन पुगेको छ । डा. केसीका समर्थक डा. केदार भक्तमाथेमाले डा. केसीको माग यथावत रहेको तर अहिलेको देशको गम्भीर अवस्थालाई हेरेर अनशन स्थगित गर्न लागेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.