पृथ्वीराजमार्गमा जताततै खाल्डाखुल्डी

पृथ्वीराजमार्गमा जताततै खाल्डाखुल्डी

दमौली: सुरक्षितसाथ केही बढी गतिमा सवारी कुदाएर गन्तव्यमा पुग्ने चाहना राजमार्गमा यात्रा गर्ने जोकोहीको हुन्छ। तर सडक कुदाउन त के चलाउनै डरलाग्दो भए कसो गर्ने? तनहुँस्थित पृथ्वी राजमार्गका धेरै माग यस्तै खतरापूर्ण यात्राका लागि चिनिएका छन्। जसकारण बेला बेला दुर्घटना समेत हुने गरेको छ।

राजमार्गका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन्। टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कतिपय दुर्घटनामा मानिसको ज्यान समेत गैसकेको छ। तर दुर्घटना हुने ज्यानमारा सडकको मर्मत भने गरिंदैन।

अहिले पृथ्वी राजमार्गको दमौली खैरेनीटार खण्डमा पर्ने शेराटार नजिकैको सडकको घुम्तीमै सडक भासिएको छ। यस्तो समस्या देखिएको एक वर्ष बढी भैसक्यो। मर्मतका लागि ठेकेदार पनि नियुक्त भैसके। तर ठेक्का सक्नुपर्ने बेलासम्म पनि काम नसकिंदा सवारी चालक ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि मर्मत सकिएको छैन । पश्चिमाञ्चल सडक डिभिजन चापाघाटका इञ्जिनियर कर्णसिं खत्रीका अनुसार निर्माण सम्बद्ध जिएस इञ्जिनियरिङ एण्ड बिल्डर्सले समयमै काम नगर्दा समस्या देखिएको हो।

'हामीले समयमै काम सक्न ताकेता गरेका थियौं,' उनले भने,‘समयमै काम नहुँदा समस्या भएको हो।' कम्पनीले पर्खालको काम गरे पनि बीचको ठूलो खाडल पुरेको छैन। जसले गर्दा जोखिम बढेको छ।

उसै त सानो र साँघुरो सडक उसमाथि जमिन भासिएको महिनौं भैसक्दा समेत मर्मतको कामले तदारुकता नपाउनुमा ठेकेदार कम्पनीका अलावा अनुगमन गर्ने जिम्मा पाएको सडक डिभिजनको पनि लापरबाही देखिन्छ । सडककै इञ्जिनियरको भनाइमा पनि समयमा काम नसकिएको पुष्टि भएको छ।

श्रावण मध्यमा काम सकिनुपर्नेमा वर्षायाममा समेत नसकिंदा सडकै भासिने जोखिम मोलेर सवारी सञ्चालन भैरहेको छ। सडकका कर्मचारी अब चाँडै काम सकिने दाबी गर्छन्। ‘ठेकेदार कम्पनीलाई हामीले सतर्क गराएका छौं,' इञ्जिनियर खत्रीले भने,‘अब समस्या लम्बँदैन।'

यस ठाउँबाहेक पनि पृथ्वी राजमार्गको कुम्लेखोलादेखि सत्रसयसम्म कैयौं ठाउँमा भएका खाल्डाखुल्डी नपुरिंदा जोखिम कायमै छ । तर यो समस्या हट्न पनि सडकको सुस्त गतिले समय खाने देखिन्छ। झण्डै चार करोडमा आशिष निर्माण सेवा र रोशन कन्स्ट्रक्सनले ठेक्का पाएको चार किलोमिटर सडकको काम मनसुन अघि शुरु हुने अवस्था छैन।

मनसुनपछि काम शुरु हुने दाबी इञ्जिनियरको छ। 'यसै वर्ष काम सक्ने गरी सुधार हुनेछ,' उनले भने । धेरै मानिसको ज्यान जोखिममा रहेको मार्ग मर्मतको काम हुने भनिए पनि धेरैले भने भत्काएर गुणस्तरीय काम हुनुपर्ने बताउँछन्।'यो बाटोमा टालटुल गरेर हुँदैन,' कोत्रेका स्थानीय सुजन गुरुङ भन्छन्,‘बाटो पुरै नयाँ बनाए मात्र समस्या हट्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.