बाढीपहिरो पीडितका नाममा डा. केसीको अनसन स्थगित
काठमाडौं : चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले बाढीपहिरो पीडीतका नाममा अनशन स्थगित गरेका छन्।
डा.केसीले मुलुकमा बाढीपहिरोबाट पीडित भएका जनताका नाममा अनशन स्थगित गरेका हुन्। केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गरेको र माग पुरा नभए पुनः बस्ने बताएका छन्।
उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ औँ दिनमा अनसन तोडेका हुन्।