राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार दुई पत्रकारलाई संयुक्त प्रदान गरिने

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार दुई पत्रकारलाई संयुक्त प्रदान गरिने

काठमाडौं : ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७३’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठकले रु. ७५ हजार राशीको यो पुरस्कार कान्तिपुर दैनिकका माधव अर्याल (पाल्पा) र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार-२०७३’ को पनि निर्णय सार्वजनिक गरिएको छ।

प्रदेश नम्बर १ बाट सरिता राई (रासस-भोजपुर) र भीम चापागाई (नागरिक दैनिक-इलाम), प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी-पर्सा) र महेशकुमार दास (नागरिक दैनिक-महोत्तरी), प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी (तुखवर डटकम-मकवानपुर) र विमल खतिवडा (कान्तिपुर दैनिक-चितवन) र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा (कान्तिपुर दैनिक-पर्वत) र अमरराज नहर्की (गोरखापत्र-तनहुँ) लाई संयुक्तरूपमा प्रदान गरिने भएको छ।

प्रदेश नम्बर ५ बाट लक्ष्मण पोखरेल (अन्नपूर्ण पोष्ट-रुपन्देही) र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी (कान्तिपुर दैनिक-सुर्खेत) र ललितबहादुर बुढा (अन्नपूर्ण पोष्ट दैनिक-सुर्खेत), प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह (गोरखापत्र-डोटी) र तेजराज भट्ट (नयाँपत्रिका-कैलाली) र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक-भक्तपुर), शरदकुमार शर्मा (रासस-काठमाडौं) र विनोद घिमिरे (द काठमाडौं पोष्ट-काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ।

बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति-२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक-भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो-भोजपुर) र दमन राई (नागरिक दैनिक-खोटाङ) लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ।

प्रदेश नम्बर २ बाट भोला पासवान (कन्चनरुपमा सा-सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि सा.-महोत्तरी), प्रदेश नम्बर ३- तिलक अधिकारी (थाहदर्शन सा.-मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ-दोलखा), प्रदेश नम्बर ४- पवन पौडेल (दमौली एफएम-तनुहँ), प्रतिक्षा काफ्ले-कान्तिपुर दैनिक-स्याङ्जा), प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस-पाल्पा), खगप्रसाद चापागाई (बुटवल टुडे-कपिलवस्तु), प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक-जाजरकोट), मेघराज खड्का (रेडियो नेपाल-रुकुम) र प्रवीर ददेल (रुकुम) लाई प्रदान गरिने भएको छ।
बैठकले प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो-कैलाली) र काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज न्यानल टिभी-काठमाडौं) र सञ्जिप घिमिरे (ननस्टप खवर डटकम-काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ।

त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम (इलाम), प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम (काभ्रे), प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गर्ने निर्णय भएको छ। बैठकले प्रदेश ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश ६ बाट रेडियो ध्रुवतारा (दैलेख), प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा)र रेडियो महाकाली (कन्चनपुर) र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौं) लाई प्रदान गरिने भएको छ। रु. २५ हजार राशीको यो पुरस्कारको लागि महासंघको प्रादेशिक संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो।

यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ। साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाइन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखवर डटकमलाई प्रदान गरिएको छ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ। महासंघ पुरस्कृत सबै पत्रकार तथा सञ्चारमाध्यमलाई हार्दिक बधाई ज्ञापन गर्दछ। उक्त पुरस्कारहरू एक कार्यक्रमका बीच चाँडै वितरण गरिने महास‌‌ले बताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.