मोस्ट वाण्टेडका सहयोगी पक्राउ

मोस्ट वाण्टेडका सहयोगी पक्राउ

बुटवल: प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका अभियुक्त मनोज पुन (बुढामगर)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा जिल्ला साविक तानसेन नगरपालिका वार्ड नम्बर ७ बस्ने २२ वर्षीया सुशान्त लाकौललाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको हो।

गत वर्ष युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य नाइके पुनले माग्ने फिरौती रकम उठाएर उनले पठाइदिएको प्रहरीको भनाई छ।

लाकौल तीन वर्षदेखि मनोज पुनसंग सम्पर्कमा रहेको र पछिल्लो समयमा ५ लाख रुपैया पुनको खातामा पठाएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। उसले बैक तथा आइएमईको प्रयोग गरी रकम पठाएको उनले बताए।

नेपालमा हत्या, अपहरण, चन्दा आतंक जस्ता आपराधिक गतिबिधि गरिरहेका पुन नेपाल बाहिर रहेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै जिल्लाको मणिग्रामको सिरिसा मार्वलमा भएको गोली प्रहारको जिम्मा उनै पुनले लिएका थिए।

प्रहरीले भने गोलीकाण्ड पुनले नै गराएको भन्ने प्रमाण नभएको भन्दै अनुसन्धान जारी रहेको बताएको छ । एक साता अघि मात्रै रुपन्देही आएका प्रहरी उपरीक्षक ज्ञवालीले कोही कसैले फोनबाट चन्दा माग्दैमा डराउने अवस्था नरहेको बताए।

‘हामीले अनुसन्धान गरिरहेका छौं, मनोज पुनको गिरोह निकै कमजोर छ। सर्वसाधारण हातास हुन जरुरी छैन, उनले भने- 'केही दिनमै सुखद् खवर प्राप्त हुन्छ।' उनले फोनबाट धम्काएको आधारमा चन्दा नदिन आग्रह गरे।

दुर्गा तिवारीको हत्यापछि गठित उच्च स्तरीय छानविन समितिले पुनले नै हत्या गराएको र उनी देश बाहिर रहेको प्रतिवेदन दिएको थियो। प्रहरीले अदालतले कारबाहीको फैसाला नगर्दासम्म रेड कर्नर नोटिस जारी गर्न नसकिएकाले पक्राउमा कठिन भएको बताइएको छ।

विदेशी मुद्रा बरामद
रुपन्देहीमै झण्डै एक करोड नेपाली रुपैया बराबरको विदेशी मुद्रा शसस्त्र प्रहरी सीमा सुरक्षा बलले पक्राउ गरेको छ । सोमबार साझपख बुटवलको बसपार्कबाट सुनसरीका २२ वर्षिया अनिल खड्कालाई पक्राउ गरेको हो।

सीमा सुरक्षा बल रुपन्देहीका प्रहरी उपरीक्षक आनन्द नेम्वाङले १० देशमा विदेशी मुद्रा पक्राउ गरिएको बताए। नवलपरासीको महेशपुर नाका हुदै नेपाल भित्रिएको मुद्रा सुराकीका आधारमा पक्राउ गरिएको हो।पहिरोका कारण काठमाण्डौ जाने सडक बन्द भएपछि खड्का बुटवलबाट पोखरा जादै गरेको अवस्थामा शसस्त्रले पक्राउ गरेको हो।

उनको साथबाट युरोपको ७ सय १० युरो, कुवेतको ३ सय ८० दिनार, ओमनको ३ सय ६५ रियाल, साउदी अरबको २ लाख २७ हजार ७ सय ८५ रियाल, जपानको १ लाख ४० हजार यान, डेनमार्कको १२ हजार पोनार, थाइल्याण्डको ३ सय भाट, चीनको २ हजार ५० यान, सिंगापुरको २ सय २ डलर र बहराइनको १ सय १० दिनार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.