सरकारलाई ओलीको प्रश्न, संशोधन प्रस्ताव किन नल्याएको ?

सरकारलाई ओलीको प्रश्न, संशोधन प्रस्ताव किन नल्याएको ?

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव संसदको प्रक्रियामा किन अघि नबढाएको भन्दै सरकारसँग प्रश्न गरेका छन। सरकारले पास÷फेल जे भएपनि संशोधन प्रस्ताव संसदमा अघि बढाउने भनेर भोटको राजनीति गरिरहेको ओलीले आरोप लगाए।

एमाले संसदीय दलको मंगलबारको बैठकमा ओलीले भने,‘बारम्वार संसदमा प्रस्ताव ल्याउछु भन्नेले किन नल्याएको त ? सके आजै ल्याओस, नभए भोलि ल्याओस।’ संविधान संशोधनको कुरा गरेर सरकारले भोटको राजनीति गरिररहेको ओलीले आरोप लगाए।

‘संविधान संशोधनको कुरा गरेर राजपालाई फेरि पनि चुनावमा आउन नदिने षड्यन्त्र सत्तापक्षले गरिरहेको छ। उनीहरु (राजपा) ले यो कुरा किन नबुझेको ? ’ ओलीले भने।

अनसनरत डा. गोविन्द केसीका कानुनसम्मत माग सरकारले पूरा गर्नुपर्ने पनि ओलीले बताए। ‘दुई तिहाइले संविधान संशोधन गर्छु भन्नेले सामान्य बहुमतबाट पारित हुने चिकित्सा सम्बन्धी विधेयक किन नल्याएको त ?’ ओलीको प्रश्न थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.