बाढीका कारण एक दर्जनभन्दा बढी गाउँमा ब्ल्याक आउट

बाढीका कारण एक दर्जनभन्दा बढी गाउँमा ब्ल्याक आउट

जनकपुरधामः लगातारको भारी वर्षाले बाढिपानीबाट प्रभावित भएका पिडितहरु वासस्थान र खाद्यान्नको समस्याको सामना गरिरहेकै अवस्थामा धनुषाका एक दर्जनभन्दा बढी गाउँमा ब्ल्याक आउट भएको छ ।

वर्षाको कारण जिल्लाको एक दर्जनभन्दा बढी गाउँमा विद्युत्त आपूर्ति बन्द भएपछि सर्वसाधारणहरु ब्ल्याक आउटको सामना गर्न बाध्य भएका छन्। वर्षाको कारण आएको बाढीको पानीका कारण पोल तथा तारहरु खसेको कारण जिल्लाका विभिन्न गाउँहरुमा विद्युत्त आपूर्ति ठप्प भएको हो।

बाढीले अत्याधिक क्षति बेहोरेका पिडितहरु विद्युत्त आपूर्ति समेत नहुँदा अन्धकारमा रात बिताउन बाध्य भएका छन् । नेपाल विद्युत्त प्राधिकरण जनकपुर वितरण केन्द्रका अनुसार वर्षाको कारण जिल्लाको करिब १६ वटा गाउँमा विद्युत्त आपूर्ति बन्द भएको छ भने तीन ठाउँको ट्रान्सफर्मरम जलेर नष्ट भएको छ।

अत्याधिक वर्षाको कारण पोल र तार झरेर जिल्लाको कजरा रमौल, भूतही, नौवाखोर पर्साही, गोविन्दपुर, धनौजी, झोझी कटैया, भररीया, लखौरी र सोनिगामा मा विद्युत्त पूर्ण रुपमा ठप्प भएको हो।

त्यसैगरी वफै, गोठ कोयलपुर, डुमरीया, बलहा कठाल, प्रके महुवा, जटही, लक्ष्मीपुर, बहेडा बेला, फुलगामामा पनि विद्युत्त आपूर्ति नहुँदा अन्धकारमय भएको छ। जनकपुर उपमहानगरपालिकाको आँखा अस्पताल र ज्ञानकुप विद्यालय क्षेत्रमा पनि विद्युत्त आपूर्ति बन्द भएको हो।

लगातारको वर्षाको कारण विभिन्न स्थानमा पोल र तार खसेको कारण यस क्षेत्रहरुमा विद्युत्त आपूर्ति ठप्प भएको प्राधिकरण वितर केन्द्र जनकपुरका प्रमुख जितेन्द्र झाले बताए।

वर्षाको कारण ग्रामिण क्षेत्रको विभिन्न स्थानमा ट्रान्सफर्मर समेत जलेको झाले सुनाए। विद्युत्त आपूर्ति बन्द भएपछि जिल्लाका करिब ६ हजारभन्दा बढि उपभोक्ता प्रभावित भएका हुन्।

वर्षाको कारण विभिन्न स्थानमा करिब डेढसयको संख्यामा बिजुलीको पोल खसेको प्रमुख झाले जानकारी गराए। त्यसैगरी महेन्द्रनगर स्थित औरही नदि नजिकै ११ हजार केभीको प्रसारण लाइनको टावर समेत क्षतिग्रस्त भएको हो।

जलउत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयबाट सहयोग लिएर प्रसारण लाइनको टावर मर्मत कार्य चलिरहेको प्राधिकरणले जनाएको छ। तार र पोल खस्दा प्राधिकरणलाई करिब ६४ लाखको क्षति पुगेको प्रमुख झाले बताए। प्रभावित क्षेत्रमा विद्युत्त आपूर्ति सूचारु गर्नका लागि जोडतोडका साथ काम चलिरहेको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.