आरम्भको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल
काठमाडौं : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रतिसेयर सय रुपैयाँ अंकित दरको दुई लाख ९४ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा (कर्मचारीसमेत) निष्कासन गर्ने भएको छ। उक्त कार्यका लागि संस्थाले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
उक्त कार्यसम्बन्धी सम्झौतापत्रमा मंगलबार आरम्भ माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरे।
आरम्भ माइक्रोफाइनान्सकोे जारी पुँजीमध्ये साधारण सेयर सर्वसाधारण र कर्मचारीमा एनआईसी एसिया क्यापिटलमार्फत निष्कासन गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकबाट ‘घ' वर्गको इजाजतप्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्सको मुख्यालय बनेपामा छ। संस्था नेपालका १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र बनाई विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा दुई वर्षदेखि सक्रिय छ।
निष्कासन तथा बिक्री प्रबन्धकसँगै एनआईसी एसिया क्यापिटलले पुँजीबजारमा लगानीकर्तामाझ लोकप्रिय लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आएको छ। हालै एनआईसी एसिया क्यापिटलले निःशुल्क डिम्याट खाताका साथै प्रथम वर्षको डिम्याट खाता सञ्चालन शुल्क पूर्ण रूपमा नलाग्ने व्यवस्था गरेको जनाएको छ।