रियल म्याड्रिडका प्रशिक्षक जिदानको छलाङ

रियल म्याड्रिडका प्रशिक्षक जिदानको छलाङ

म्याड्रिड : फ्रान्सका पूर्वखेलाडी जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको दुई वर्ष पनि पुगेको छैन । यद्यपि उनी छोटो अवधिमै क्लबको सर्वाधिक सफल प्रशिक्षकको सूचीमा अघि देखिएका छन् । सन् १९१० यता रियल म्याड्रिडको ६२औं प्रशिक्षकका रूपमा नियुक्त भएका जिदान आफ्नो झन्डै १९ महिनाको अवधिमा क्लबको सर्वाधिक सफल प्रशिक्षकको सूचीको चौथो स्थानमा छन् ।

 गत मंगलबार यूईएफए सुपर कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गर्दा जिदानले रियलको प्रशिक्षकको हैसियतमा छैटौं उपाधि हात पारेका थिए । सोही उपाधिपछि उनी रियलको सर्वाधिक सफल प्रशिक्षकहरूको सूचीको चौथो स्थानमा उक्लिएका हुन् । टोलीको निरन्तरको खराब प्रदर्शनसँगै क्लबले तत्कालीन प्रशिक्षक राफा बेनेटिजलाई हटाउँदै सन् २०१६ को जनवरीमा जिदानलाई जिम्मेवारी सुम्पिएको थियो ।

 प्रशिक्षक नियुक्त भएको चार महिनाभित्रै उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । त्यससँगै खेलाडीको रूपमा समेत रियललाई उपाधि जित्न योगदान पुर्‍याएका जिदानले प्रशिक्षकका रूपमा पनि आफू उत्कृष्ट रहेको प्रमाणित गरे । गत सिजन प्रशिक्षकको रूपमा पूरा सिजन बिताएका जिदानले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई पछि पार्दै ला लिगाको उपाधि दिलाए भने च्याम्पियन्स लिग उपाधिको पनि रक्षा गर्न सफल भए । त्यससँगै रियलले क्लब विश्वकपको उपाधिसमेत जितेको थियो ।

 गत सिजन कार्डिफमा भएको च्याम्पियन्स लिगको फाइनलमा रियलले युभेन्टसलाई पराजित गर्दा जिदानले प्रशिक्षकको हैसियतमा क्लबको छैटौं उपाधिसहित सिजनको अन्त्य गरेका थिए । मेसेडोनियामा यूईएफए सुपर कपको उपाधि जितेपछि जिदान रियलका सर्वाधिक सफल प्रशिक्षकको सूचीमा भिसेन्ट डेल बोस्कभन्दा केवल एक उपाधिले पछि परेका छन् ।

 डेल बोस्कले रियललाई सात उपाधि दिलाएका थिए, जसमा च्याम्पियन्स लिग र स्पेनिस लिगको दुई÷दुई तथा युरोपियन सुपर कप, इन्टर कन्टिनेन्टल कप र स्पेनिस सुपर कपको एक÷एक उपाधि छन् । जिदानले भने रियललाई च्याम्पियन्स लिग र युरोपियन सुपर कपको दुई÷दुई तथा स्पेनिस लिग र क्लब विश्वकपको एक÷एक उपाधि जिताएका छन् ।

रियलका लागि उपाधिको हिसाबले सर्वाधिक सफल प्रशिक्षक भने मिगुइल मुनोज हुन् । उनले रियललाई १४ उपाधि दिलाएका थिए, जसमा स्पेनिस लिगको मात्रै नौ उपाधि समावेश छन् । दोस्रो स्थानमा लुइस मलोउनी छन् । उनले आठ उपाधि दिलाएका थिए, जसमा घरेलु लिगको पनि तीन उपाधि समावेश छ ।

 नयाँ सिजन सुरु हुनै लाग्दा जिदानसामु कम्तीमा यो सूचीको दोस्रो स्थानसम्म पुग्न सक्ने सम्भावना रहेको छ । यो सिजन तीन उपाधि थप्न सकेमा जिदान रियलका सर्वाधिक सफल प्रशिक्षकको सूचीको दोस्रो स्थानमा उक्लने छन् । मात्र एक उपाधि जितेको अवस्थामा डेल बोस्कसहित संयुक्त रूपमा तेस्रो तथा दुई उपाधि जित्न सकेको अवस्थामा मलोउनीसँगै संयुक्त रूपमा तेस्रो स्थानमा रहनेछन् । यो सूचीमा शीर्ष स्थान लिनका लागि भने जिदानले लामै समय कुर्नुपर्ने देखिन्छ ।

 रियलका सर्वाधिक सफल प्रशिक्षक :

(१) मिगुइल मुनोज : १४ उपाधि (स्पेनिस लिग नौ, युरोपियन कप दुई, कोपा डेल रे दुई र इन्टर कन्टिनेन्टल एक ।)

 (२) लुइस मलोउनी : ८ उपाधि (स्पेनिस लिग तीन, यूईएफए कप दुई, किङ्स कप दुई र लिग कप एक ।)

(३) भिसेन्टे डेल बोस्क : ७ उपाधि (च्याम्पियन्स लिग दुई, स्पेनिस लिग दुई, युरोपियन सुपर कप एक र स्पानिस सुपर कप एक ।)

 (४) जिनेदिन जिदान : ६ उपाधि (च्याम्पियन्स लिग दुई, युरोपियन सुपर कप दुई, स्पेनिस लिग एक र क्लब विश्वकप एक ।)  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.